इजरायली आक्रमणबाट वेस्ट बैंकमा तीन प्यालेस्टाइनीको मृत्यु

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । वेस्ट बैंकको जेनिन शहर र त्यहाँस्थित शरणार्थी शिविरमा इजरायली आक्रमणबाट तीन प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएको छ ।

जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरले जेनिनमा इजरायली ड्रोन हमलामा दुई युवाको मृत्यु भएकोर नौ जना घाइते भएको बताउनु भयो ।

इजरायली सेनाको ठूलो सेनाले दुई बुलडोजरसहित जेनिन र शहरको दक्षिणी भागमा रहेको कबातिया शहरमा प्यालेस्टाइनी लडाकुहरूसँग आक्रमण गरेको थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?