बालक बबुरो गण भो कच्चा ।
गठबन्धनले दिन्छन् घच्चा ।।
सत्ता पौष्टिक टोनिक पुुर्जा ।
भत्ता कमिसन वेतन ऊर्जा ।।
रमणी बोकी प्याक छ कार ।
तारे होटल हिृवस्की अपार ।।
घोटालाका कति कति काण्ड ।
ओम्नी वाइड्बडी नाना भाण्ड ।।
संसद दोहरी लोरी मञ्च ।
मिटिङ इटिङमा फोरी घन्च ।।
स्लोगन गोमन डस्ने जनता ।
गठ-गाँठोमै चर्को ममता ।।
ठूूला मछली विष्णुुसमान ।
प्राण-प्रतिष्ठा गर्छ कमान ।।
साना झषमा अप्जस भारी ।
दण्डित हुन्छन् अल्पाहारी ।।
गठजोडैको चल्छ छलाङ ।
गलगण्डैको क्या छ ललाम ! !
चारण चर्नै गर्छ सलाम ।
उलट्पुुलट्कै नाट्य छलाङ ! !
चल्छ तदर्थे नीच प्रणाली ।
भ्रष्ट दुुष्टकै हालिमुहाली ।।
दायाँ बायाँ अघिपछि भ्रष्ट ।
क्या छन् हाम्रा अधिपति मष्ट !!
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच