✍️ बोधराज कँडेल
एकदिन त्यो दिन आउनेछ,
त्यो दिन म खरानी हुनेछु ।
मेरो आत्मा देहबाट छुट्नेछ ।
यो विशाल प्रकृतिमा म बिलाएर जानेछु ।
मेरो शरीर बनाउने ती कार्बोनिक यौगिकहरू
क्षत विक्षत रुपमा कोही हावामा कोही पानीमा छरिनेछन् ।
मैले बोलेका ती आवाजहरू
तरङ्ग भएर सबैतिर अलपत्र हराउनेछन् ।
यो मेरो शरीर बनाउन आपसमा जुटेका, अणु परमाणु
वर्षौं वर्ष ढुङ्गो माटोमा अलपत्र छरिने छन् ।
मेरो शरीर बनाउन समाहित हुनुभन्दा अगाडि हजारौं
करोडौं वर्ष ढुङ्गो माटोमा त्यसै अलपत्र थिए होलान् ।
म केही वर्ष अगाडि थिइन, तर यी ढुङ्गा माटो
करोडौं वर्ष अगाडिदेखि रहँदै आएका छन् ।
ब्रहृमाण्ड निर्माण हुँदादेखि नै यस्तै हजारौं करोडौं जीवन
यो ढुङ्गो माटोमा व्याप्त थिए र छन् ।
यो सबै प्रकृतिमा हुने गरेको भौतिक रासायनिक
र जैविक क्रिया प्रतिक्रियाको परिणाम हो ।
यी सबै ऊर्जाको प्रसारमा दौडिरहन्छन् ।
प्रकृतिका यिनै क्रिया प्रतिक्रिया समयका सूचक हुन् ।
नभए जन्म र मृत्युको यत्रो लामो अवधिलाई जीवन कसरी भन्ने ?
अतः मेरो जीवन नै प्रकृति अनि प्रकृतिको खेल नै
मेरो जन्म, वयस्क र वृद्धावस्था रहेछ ।
म मरे पनि मेरो शरीरमा समायोजित
अणु, परमाणुहरू, ब्रहृमाण्ड रहँदासम्म बाँचिरहनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच