भोजपुर । गत चैत्र तीन गते जंगलको डढेलो बस्तीमा आउँदा भएको आगलागीमा घरबार गुमाएका भोजपुरका पाँच परिवारलाई गैर आवासीय नेपाली संघ (एनआरएन) ले सहयोग गरेको छ ।
भोजपुर नगरपालिका वडा नम्वर १२, मालबाँसेका आगलागी पीडित पाँच परिवारलाई गैर आवासीय नेपाली संघ (एनआरएन) ले प्रति परिवार पाँच बण्डलका दरले २५ बण्डल जस्तापाता सहयोग गरेको छ । आगलागीबाट बसोवास गर्दै आएका घर गुमाउने नरबहादुर कार्की, बिशाल कार्की, पदमबहादुर कार्की, पुष्पबहादुर कार्की र बिर्ख बहादुर कार्कीको परिवारलाई सहयोग गरिएको हो ।
पीडित परिवारलाई यशोधरा माध्यामिक बिद्यालय टक्सारले संकलन गरेको रकम समेत हस्तान्तरण गरिएको छ । विद्यालयले प्रति परिवार दस हजार एक सय चालिसका दरले नगद सहयोग गरेको छ । दुवै सहयोग शनिवार भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेबाट हस्तान्तरण गरिएको छ ।
आगलागीबाट बसोवास हुँदै आएको पाँच घर, खाली दुई घर र १० वटा गोठहरु जलेर नष्ट हुँदा करिव एक करोड तीन लाख बरावरको क्षति भएको थियो । आगलागीबाट समस्या भएका परिवारलाई अन्य बिभिन्न निकायहरुबाट समेत सहयोग हुँदै आइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच