जिन्दगी जिउँदै जाँदा मज्जाले पछारिएपछि पनि जिउने रहर कहिल्यै मरेन। कहिलेकाहीँ केही यात्रा केही चिज भुलाउन गरिन्छ, कहिले साथी रम्न त कहिलेकाहीँ जिउन गरिन्छ।
बढ्दो उमेरसँगै आएका जिम्मेवारी र उतारचढावबिच आफैलाई गुमाएपछि आफू भेट्न र दिनदिनैको तनाव मुक्त गराउनलाई १ दिनमै यो यात्रा तय गरियो।
नेपालमा पदयात्राको हुटहुटी बढेसँगै पोखराबाट एकदिनमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका अन्तर्गत रहेको `खुमैडाँडा´ सर्वाधिक रोजाइमा परेको छ।समुद्री सतहबाट ३२४५मि.को उचाइमा रहेको खुमैडाँडा पोखराबाट सरीपाखासम्मको मोटर यात्रापछि पैदलयात्रा सुरु हुन्छ।

हिँड्दै जाँदा पछाडि छुट्ने बाटाहरूले यादहरू दिएर पठाइदिन्छ।पदयात्राको मोहले मलाई धेरै अघिदेखि तानिरहेको थियो। वर्तमान समयमा छ्यापछ्याप्ती गन्तव्यहरू भएपनि खुमैप्रतिको मेरो लगाव भने अलिकति फरक थियो। यात्रा त गर्नु थियो तर समयको पावन्दिले गर्दा सकेसम्म छोटो अनि यादगार बनाउने उद्देश्यले हिँडाइको पहिलो दिन मलाई खुमैडाँडासम्म नै पुग्ने आँट मिल्यो। 'ग्रेट माछापुच्छ्रे ट्रेल' नामाकरण भएको त्यस पदमार्ग (सरीपाखा-खुमै-कोर्चां) को गन्तव्य मात्र मनमोहक थिएन, बाटाका बिचबिचमा यात्रुलाई सहज होस् भनेर राखिएका रेस्ट क्याम्पहरूले हिँडाइका थकानहरूलाई निमेशमै मेटाइदिन्छन्।
बिहान ९ बजे सुरुभएको मेरा पैतलाहरू साँझ ६ बजे खुमैडाँडा स्थित `खुमै ट्रेकर्स होम´मा पुगेर विश्राम लियो। भरिया लिएर टेन्ट बोकि बस्ने देखि अहिलेको होटेल व्यवस्थापनसम्म पुगिसक्दा पर्यटकहरूको बढ्दो चापले ३ वटा होटेलहरूलाई यात्रु धान्न गाह्रो भएको र थप ४ वटा होटेलहरू बन्दै गरेको त्यहाँका होटेल व्यवसायीले जानकारी दिनुभएको छ। खुमैको भ्यु पोइन्ट मानिने कोर्चां(३६८२मि.) मा पदयात्रीहरूका लागि बासस्थानको व्यवस्था नभएकोले बिहानको सूर्योदय हेर्नका लागि खुमैदेखि करिब २ घन्टाको हिँडाइमा पुग्ने रहेछ।जहाँ पुगेपछि माछापुच्छ्रे हिमालको चिसो राफले मन नै उदाङ्गो पारिदिन्छ। उचाइको समस्या भएको मलाई त्यो रमणीय वातावरणले झन् स्वस्थ बनाएको अनुभूति हुँदै थियो।

पहिलो दिनमा जति उत्साह बोकेर पुगेकी थिएँ दोस्रो दिनले त्यसलाई बढावा दियो।केही घण्टाको अवलोकनपछि खुमै छोडेर ओरालो लाग्दैगर्दा अनुभवको किताबमा अर्को एउटा अद्भुत पाना कोरियो भन्ने भावले मन प्रसन्न थियो।
उचाइ उक्लिँदाको जोस र उचाइ छोड्दाको हर्षले जीवन हेर्ने दृष्टिकोण नै फेरिदिएको छ। हरेक उक्लाइ कठिन अनि हरेक खसाइ अन्त्य नहुने कुरा यो पदयात्राले प्रष्ट गर्यो।यात्रामा प्रगाढ बनेका केही सम्बन्धहरू यात्राको अन्त्यसँगै सकिएर गए..र त जिन्दगीसँग झन् ज्यादा सामीप्यता बढ्यो।
-रिसु थापा
(पोखरा)
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक









निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि