काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार काठमाडौंमा आयोजित एक र्याम्प कार्यक्रममा सहभागी हुनुभयो । आरबी डाइमन्डले २७औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा ज्वेलरी रनवे आयोजना गरेको हो जहाँ ज्याकलिन फेसन रनवेमा सहभागी हुनुभएको हो । रनवेको शो स्टपरको भूमिका निर्वाह गर्नुभएकी ज्याकलिन नेपाली गहना र पहिरनमा निकै सुन्दर देखिनुभएको थियो ।
शिवांगी प्रधानको डिजाइन र आरबी डायमन्डको गहना लगाएर उहाँ रनवेमा प्रस्तुत हुनुभएको थियो । त्यसैगरी आरबी डायमण्डका ब्राण्ड एम्बेसडर रेहान श्रेष्ठ र प्रमुख रिकेन महर्जन पनि रनवेमा देखिनुभएको थियो ।
तीनवटा कलेक्सन प्रदर्शन गर्नुभएकी ज्याकलिन शोको अन्त्यमा लेहेंगामा देखिनुभएको थियो । अन्य कलाकार पनि पहिरन र गहनामा रनवेमा प्रस्तुत भए । रनवेकै लागि ज्याकलिन शुक्रबार काठमाडौं आउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच