काठमाडौं । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि गरिएको दाबीमा बहुमत पुर्याउन आफ्नोसमेत गणना भएको बारे आफूले हस्ताक्षर नगरेको बताउनु भएको छ ।
एमाले–माओवादी गठबन्धनले सभामुखसहित बहुमत पुर्याएर मुख्यमन्त्री दाबी गरेको थियो ।
तर, सभामुख धितालले सरकार गठनमा आफ्नो सहभागिता नरहेको स्पष्टीकरण दिनुभएको हो ।
सभामुख धितालको समेत नाम जोडेर गरिएको दाबीका आधारमा प्रदेश प्रमुखले एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिसक्नुभएको छ ।
नव नियुत्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ समेत लिइसक्नुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
नेकपा एमालेका २२, माओवादीका ८ (सभामुख समेत) र स्वतन्त्र दीपक मनाङेलाई जोडेर ३१ जनाको दावी गरिएको थियो । सभामुखलाई गणना गरेर मुख्यमन्त्री नियुक्ति नगर्न कांग्रेसले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई ध्यानाकर्षण गराएको थियो ।
फागुन २१ को राजनीतिक समीकरणपछि प्रदेश प्रमुख नियुक्त भएका भट्टले एमाले–माओवादीले बहुमतको दाबी गर्नासाथ मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच