रुपन्देही । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्नु दुःखद रहेको भन्दै उहाँले यसका लागि आफूले पहल गर्ने बताउनु भयो ।
नेपाली कांग्रेस क्षेत्र नं. ३ रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा आयोजित कार्यकर्ता भेटघाटमा देउवाले विमानस्थल बनेको लामो समयसम्म सञ्चालनमा आउन नसक्नु बिडम्बना भएकाे भन्दै सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनु भयो ।
उहाँले ‘के कति कारणले विमानस्थल सञ्चालनमा आउन सकेन त्यो बुझेर मैले पहलकदमी अघि बढाउँछु । भैरहवा विमानस्थल सञ्चालनमा आएमा लाखौं पर्यटक नेपाल भित्रिने र मुलुकले ठूलो आर्थिक लाभ लिन सक्ने छ,’ देउवाले भन्नु भयो ।
उहाँले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताउनु भयो । विगतमा पार्टीभित्र आन्तरिक समस्या देखिए पनि अब पार्टी एकढिक्का बनाएर लैजाने देउवाको भनाई छ । उहाँले भन्नुभयो ‘विगतमा आन्तरिक समस्या थियो तर अब पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउँछु ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच