काठमाडौं । खेलकुद शिक्षासम्बन्धी शैक्षिक कार्यक्रमहरूको विकास गर्ने लक्ष्यसहित युवा तथा खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयको बीचमा समझदारी भएको छ । बुधबार मन्त्रालयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । सिंहदरबारस्थित मन्त्रालयमा निमित्त सचिव शिवप्रसाद रेग्मी र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
भविष्यमा खेलकुद विज्ञान, व्यवस्थापन र शिक्षालाई सँगसँगै लैजानका निम्ति साझेदारी गर्ने उद्देश्यसहित सम्झौतामा हस्ताक्षर भएको बताइएको छ । यसमा मुख्य गरी विश्वविद्यालयमा खेलकुद सम्बद्ध अध्ययन तथा अध्यापनका लागि छोटो अवधिको कोर्ससँगै स्नातक, स्नातकोत्तर र विद्यावारिधिका निम्ति समेत सम्भाव्यताको खोजी गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भन्नुभयो, ‘खेलकुद शिक्षाको क्षेत्रमा आज एउटा नवीन सुरुआतको साक्षी हुन पाउँदा निक्कै हर्षित छु । मलाई विश्वास छ आज हामीले काठमाडौं विश्वविद्यालयसँग मिलेर रोप्ने खेल शिक्षाको बिउले कुनै दिन देशले गर्व गर्ने गरेर फल पक्कै दिनेछ ।’ सम्झौतामा शैक्षिक संस्थाहरूमा खेलकुद सम्बद्ध परियोजनाहरूको विकास गर्ने, खेलकुद क्षेत्रमा अनुसन्धानको वृद्धि गर्ने, अन्य अवसरहरूको खोजी गर्नेलगायत समेटिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच