कालीकोट । वर्षाैदेखि नुनको सास्ती खेप्दै आएका कालीकोटबासीले नुनबाट मुक्ति पाएका छन् । नौवटा स्थानीय तह रहेको कालीकोटमा यहाँको स्थानीय सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनको कालीकोट शाखासँगको समन्वयमा आ–आफ्नो पालिकाको केन्द्रमा नुन डिपो स्थापना गरेपछि कालीकोटबासीले नुनबाट मुक्ति पाएका हुन् ।
स्थानीय सरकारको निर्माण नहुनु पहिले नुन लिनकै लागी भएपनि दुई दिनको यात्रा पैदल हिडेर पाँच पाकेटका लागी सदरमुकाम मान्म पुग्नु पथ्र्यो । अहिले उक्त समस्याको अन्त्य भएको छ ।
नुन पाउनु सुन सरहजस्तै भएको कालीकोटबासीका लागी पछिल्लो समय स्थानीय सरकारको सक्रियताका कारण सेवामा सहजता देखिएको छ । नौवटा स्थानीय तह मध्ये हालसम्म कालीकोटको रास्कोट नगरपालिका, महावै गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र तिलागुफा नगरपालिकाले पालिकामै नुन वितरण केन्द्र स्थापना गरि वितरण गर्दै आइरहेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन कालीकोट शाखाका अनुसार अहिलेसम्म चारवटा स्थानीय तहले कालीकोट शाखा सँगको समन्वयमा पालिकामै नुन डिपो स्थापना गरि वितरण गर्दै आइरहेका छन् भने खाँडाचक्र बाहेक अन्य तीन पालिकाले सदरमुकाम मान्मबाटै नुन लिइरहेका छन् । बाँकी रहेका ३ वटा पालिकाले पनि गाउँमै नुन डिपो स्थापना गरेर नागरिकलाई पालिकाकै वितरण केन्द्रबाट नुन वितरण गर्ने तयारी गरिहेका छन् ।
यसअघि नागरिकको सहजाताका लागि महाबै गाउँपालिकाले पिली र विर्तामोड नुन डिपो वितरण केन्द्रबाट नुन वितरण गरिहरहेको छ । महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले महिनाको ७, १४ र २१ गते गरेर तीनपटक मात्रै पालिकाभरका नागरिकको लागि नुन वितरण गर्ने गरिएको बताउनुभयो ।
महावैका नागरिकलाई ५ पाकेट नुन लिँन सदरमुकाम धाउनुपर्ने बाध्यको अन्त्य गर्न गाउँपालिकाले हिमचुली कृषि सहकारी संस्थासँग साझेदारी गरेर गाउँमा नुन डिपो स्थापना गरेको अध्यक्ष सिंहको भनाइ छ ।
यस्तै पालिकामै नुन डिपो स्थापना गरेर वितरण गर्नेमा जिल्लाको रास्कोट नगरपालिका पहिलो हो । रास्कोट नगरपालिकाले २०८० पुस पहिलो साताबाट नगरपालिकाको केन्द्र आरसिपी बजारमा नुन डिपो स्थापना गरि नगरबासीलाई वितरण गर्दै आइरहेको छ ।
तिलागुफा नगरपालिकाले बुबारबाट साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले तिलागुफा नगरपालिकाको केन्द्र गाल्जेमा वितरण केन्द्र स्थापना गरेर नुन वितरणको प्रक्रिया अघि बढाएको छ । गाल्जेमा नुन डिपो स्थापना भएपछि त्यहाँका स्थानीय नागरिकलाई नुन लिनका लागि सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छ । ११ पोका नुनकै लागी जिल्ला सदरमुकाम मान्ममा चर्को रकम खर्च गर्नुपर्ने बाध्यता हटेको तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले बताउनुभयो ।
दुईहजार भन्दा बढी रुपैयाँ र पुरै एक दिन खर्चेर हिँड्दै सदरमुकाम मान्म पुगेपछि मात्र नुन देख्न पाउने तिलागुफा नगरपालिकाका नागरिकले अहिले घरनजिकै खुलेको वितरण केन्द्रबाट नुन पाउन थालेको उपाध्यायको भनाई छ । साल्ट ट्रेडिङ कर्पोरेसनको कालीकोट शाखा कार्यालयसँगको समन्वयमा नगरपालिकाले गाउँमा अस्थायी डिपो स्थापना गरेर सेवा दिएको उपाध्यायले बताउनुभयो ।
जिल्लाको सदरमुकाम मान्ममा रहेको खाँडाचक्र नगरपालिकाका नागरिकले जिल्लमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनको शाखाबाट नुन लिइरहेका छन् । यस्तै शुभकालिका गाउँपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका र नरहरिनाथ गाउँपालिकाका नागरिक नुन लिनका लागि अझै सदरमुकाम मान्ममै आउनुपर्ने बाध्यता रहको । यी पालिकाले पनि छिट्टै पालिकाबाटै नुन वितरण गर्ने तयारी थालेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच