काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवातमै सेयर बजार घटेको छ । आइतबार नेप्से २.३५ अंकले घटेर २०२३.३५ अंकमा झरेको हो । यस दिन दुई अर्ब ७४ करोड ९६ लाख ५२ हजार दुई सय ६४ रुपैयाँ बराबरका ७० लाख ४२ हजार नौ सय ३९ कित्ता सेयर खरिदबिक्री भएका छन् । तर, बजार घटे पनि लघुवित्त र वित्त कम्पनी सेयरमा भने आकर्षण देखिएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार बढ्दा नौवटा घटेका छन् । लघुवित्त सर्वाधिक १.९१ र फाइनान्स १.०४ प्रतिशत, व्यापार ०.५० र जलविद्युत् ०.३९ प्रतिशतले बढेका हुन् । तर, निर्जीवन बिमा सर्वाधिक १.०३, लगानी ०.८२, म्युचुअल फण्ड ०.७३ र जीवन बिमा ०.७० प्रतिशतले घटेका छन् । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार यस दिन सबैभन्दा बढी सिर्जनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने एनआइसी एसिया लघुवित्त ९.७२, दोल्ती पावर ९.३५, राप्ती हाइड्रो ९.२३, मिथिला लघुवित्त ८.७०, कालिका लघुवित्त ८.१२, मनकामना स्मार्ट लघुवित्त ७.९६, सबैको लघुवित्त ७.७६, पोखरा फाइनान्स ७.६९ र महुली लघुवित्तको सेयर मूल्य ७.३२ प्रतिशतले बढेको छ ।
तर, गुराँस लघुवित्तको सर्वाधिक १० प्रतिशतले घटेको छ भने हिमालयन ८०-२० को इकाई मूल्य ४.४१ र तेह्रथुम पावरको ४.३८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावरको २१ करोड ४७ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ । पोखरा फाइनान्स ११ करोड सात लाख, ङादी ग्रुप पावर १० करोड ३८ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्स आठ करोड ९२ लाख र कारोबार संख्याका आधारमा सर्वाधिक दुई हजार छ सय ४२ कारोबार भएको हिमालयन रि इन्स्योरेन्सको सात करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच