काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेबाट बलात्कारमा परेकी गौशाला–२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ।
न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले यस्तो प्रमाणपत्र तादी गाउँपालिका-२ बाट मगाउन आदेश गरेको हो।
‘उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कलै प्रति एवम् जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति तादी गाउँपालिका वडा नं- २ को कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्नुहोला,’ उक्त आदेशमा भनिएको छ।
उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।
उनले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गरेका छन् । यता पीडित गौशाला २६ ले लामिछानेमाथि नाबालिका बलात्कारको आरोपमा थप सजाय हुनुपर्ने माग गरेकी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच