नवलपरासीमा आगोलागी नियन्त्रण तथा बच्ने उपाय सम्बन्धी कृत्रिम अभ्यास

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ पँचगाव खेल मैदानमा आगोलागी भएको सुचना प्रहरी कन्ट्रोलमा आयो । सुचना आएको एकैछिनमा जिल्ला प्रहरी कार्यालयको भ्यानमा प्रहरीहरु आए । दमकल साइरन बजाउदै आयो । वरिपरीका सबै जम्मा भए । घटनास्थल पुग्ने वित्तिकै दमकलमा खटिएका कर्मचारीले पाइपबाट पानी हालेर आगो निभाए । तर यो वास्तविक घटना नभएर घरेलु आगलागी नियन्त्रण तथा बच्ने उपाय सम्बन्धी कृत्रिम अभ्यास गरिएको थियो ।

जिल्लामा आगलागीको घटना पछिल्लो समयमा बृद्धि भएकोले आगो नियन्त्रण तथा बच्ने उपायबाट कृत्रिम अभ्यास मार्फत जनचेतना फैलाईएको छ । आइतबार (आज) नवलपरासीमा जिल्ला सुरक्षा समिति नवलपरासीको आयोजना जिल्ला बिपद् व्यवस्थापन समिति तथा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नेपाल आर्मी र रेडक्रस सोसाईटीलगायतको सहकार्यमा आगलागी नियन्त्रण पूर्व तयारी तथा कृत्रिम घटना अभ्यास गरिएको छ ।

कृत्रिमा अभ्यास रामग्राम नगरपालिका- १२ पचगाँव खेलमैदानमा ६ वटा खरको छाना निमार्ण गरी कृत्रिमा अभ्यास गरिएको हो । कृत्रिम अभ्यासमा ६ वटा खरको छानोमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले रामग्रामको दमकलकाे सहायतामा आगो नियन्त्रणमा लिएको थियो । त्यस खरको छानामा पसेका मान्छेलाई उद्धार गरी रेडक्रसको एबुलेन्समा राखि अस्पताल लगिएको कृत्रिम अभ्यास गरिएको थियो ।

घटनामा घाइते भएकालाई कसरी उद्धार गर्ने, पीडितहरुलाई कसरी सान्त्वना दिने, विपद् व्यवस्थापनका लागि कसरी अन्तर समन्वयलाई जोड दिने भन्ने विषयमा स्थानीयहरुलाई शिक्षा दिनका लागि यस्तो कार्य गरिएको जिल्ला व्यवस्थापन समिति अध्यक्ष एव प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी बताउनु भयो ।

उहाँले जिल्लामा पछिल्लो समयमा आगलागीका घटनाबृद्धि भएकोले पालिकाहरुले बिपत नियन्यण गर्न समाग्रीहरु खरिद गर्न आग्रह गर्नुभयाे ।  मानविय कारण र प्राकृतिको कारण घटना भएको पाईएको पन्थीले बताउनुभयाे । रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवले दमकल र अन्य उपकारण मात्र आगो नियन्त्रण गर्न नसक्ने भन्दै यसकाे लागि जनसमुदायबाट लाग्नुपर्ने र यसबाट ठूलो दुर्घटनाबाट बँच्न सकिने बताउनु भयो ।

उहाँले गाँउघरमा गहुँ खेतमा ढुठे जलाउने र जथाभावी चुरोट खाएर फालिँदा आगलागीका घटना भएकोले यस्ताकार्य नगर्न सबै नगरबासीमा आग्रह गर्नुभयाे । कृत्रिम अभ्यास जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आर्चाय, सशस्त्र प्रहरी २६ नम्बर गण बेलाशपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्ले गोरख दल गण परासीका प्रमुख सेनानी प्रणजंग मल्ल रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादव नेपाल रेडक्रस सोसाईटी सभापति राजेन्द्रप्रसाद अग्रहरीलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?