लण्डन । युवा मिडफिल्डर जुड बेलिङहमले सन् २०२४ को ‘लौरेस वल्र्ड स्पोर्ट्स ब्रेक थु्र अफ द इयर’ अवार्ड जित्नुभएको छ । इंग्ल्याण्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका लागि खेल्ने २० वर्षीय बेलिङहमले स्पोर्ट्स ब्रेक थु्र अफ द इयर’ अवार्ड जित्नुभएको हो । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा उहाँ रियलमा आउनुभएको थियो ।
अब अवार्ड जितेसँगै उहाँ रियल क्लबका लागि महत्वपूर्ण खेलाडी बन्नुभएको छ । उहाँले आइतबार एल क्लासिकोमा बार्सिलोनाविरुद्ध ३-२ को जितमा निर्णायक गोल गर्नुभएको थियो । उहाँले यो सिजन स्पेनिस ला लिगामा १७ गोल गर्नुभएको छ । बेलिङहमले रियल म्याड्रिडलाई गत साता च्याम्पियन्स लिगको क्वाटरफाइनलको पेनाल्टीमा म्यानचेस्टर सिटीलाई हराउन मद्दत गर्नुभएको थियो । लाउरेस वल्ड स्पोर्ट्स म्यान अफ द इयर अवार्ड पाँचौँपटक टेनिस खेलाडी नोभाक जोकोभिचले जित्नुभएको छ ।
महिलातर्फ स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमाटीले उक्त अवार्ड जित्नुभयो । हालको बालोन डी’ओर होल्डर बोनमतीले आफ्नो क्लबलाई २०२२-२३ मा लिगा एफ, स्पेनिस कप र महिला च्याम्पियन्स लिग जिताउन मद्दत गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच