पत्रकार तथा निर्देशक विजयरत्नलाई आर्थिक सहयोग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र पत्रकार तथा निर्देशक विजयरत्न तुलाधरलाई आर्थिक सहयोग गरिएको छ । चलचित्र पत्रकारिता क्षेत्रमा चार दशक र चलचित्र निर्देशन क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका तुलाधरलाई आर्थिक सहयोग गरिएको हो ।

उहाँ मुटु रोग र मिर्गौला रोगले पीडित भई शहीद गंगालाल हृदय रोग अस्पतालमा भर्ना भएर रोगको उपचाररत हुनुहुन्छ । तुलाधरलाई उपचारमा सहज होस् भनेर नेपाल चलचित्र निर्देशक समाजको पहलमा आर्थिक सहयोग संकलन गरी रकम हस्तान्तरण गरिएको हो ।

अमेरिकामा निर्देेशक सुमन दाहाल र नेपालमा निर्देेशक एभरेष्ट सूर्य बोहोराको सक्रियतामा आर्थिक सहयोग संकलन गरी एकमुष्ट रकम दुईलाख उन्नाइस हजार एघार रुपैँया निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीलगायतल तुलाधरलाई उहाँकै निवास स्थानमा पुगेर रकम हस्तान्तरण गर्नुभएको हो ।

विसं २०४५ सालमा उदितनारायण झा अभिनित ‘पिरती’ चलचित्रको सहायक निर्देशकका रूपमा निर्देशन क्षेत्रमा लाग्नुभएका तुलाधरले राजमति, वसन्ती, मसानलगायतका चलचित्रमा मुख्य सहायक निर्देशक तथा वीर गणेशमान, शिरिषको फूललगायत चलचित्रका संयुक्त निर्देशक गर्नुभएको छ । यस्तै उहाँ लामो समयदेखि रंग पत्रकारितमा पनि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *