बझाङ । बझाङको बुंगल नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका नगरपालिका भित्रका विद्यार्थीको लागि ब्रिज कोर्ष तयारी कक्षा संचालनमा ल्याएको छ ।
नगरपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र विभिन्न कलेजले लिने प्रवेश परीक्षाको तयारी स्वरुप निशुल्क एक महिने ब्रिज कोर्ष कक्षा संचालन गरेको हो ।
नगरपालिका भित्रका शैक्षिक सत्र २०८० को एसईई दिएका विद्यार्थीहरूको लागि नगरपालिकाको जनतासँग मेयर कार्यक्रमबाट विज्ञहरू मार्फत एक महिने ब्रिज कोर्ष तथा क्यारियर काउन्सिलिङ तालिम दिई रहेको बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले बताउनुभयो ।
ब्रिज कोर्ष तथा क्यारियर काउन्सिलिङ अध्ययन गर्न नगरपालिकामा आवेदन दिएका २ सय बढी विद्यार्थीहरुलाई कक्षामा सहभागी गराईएको छ । नगरपालिकाका भित्रका दुई वटा विद्यालयमा बढाई सञ्चालन भएको छ भने २ वटा विद्यालयमा केही दिनमै कक्षा संचालन गरीने नगरप्रमुख धामीको भनाई छ ।
नगरपालिकाको वडा नं ३ ,४ र ५ का विद्यार्थीहरूका लागि सरस्वती माध्यामिक विद्यालय बिजगडामा र वडा नं ६,७,र ८ का विद्यार्थीहरूका लागी कफलसेरी माध्यामिक विद्यालय कफलसेरीमा कक्षा संचालन गरिएको छ । अब केही दिनमै बुंगल नगरपालिका वडा नं १ र २ का अध्ययन गर्नचाहने विद्यार्थीहरूका लागि भगवती माध्यामिक विद्यालय सोला , र वडा नं ९ ,१० र ११ का अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि केदार मावि देउलीकोटमा कक्षा संचालन गरिने नगरप्रमुख धामीको भनाई छ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच