क्यानेबरा । अस्ट्रेलियाले यसै वर्षको जुन १ मा सुरु हुने टी-२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अस्ट्रेलियन क्रिकेट बोर्डले बुधबार टी-२० आईका नियमित कप्तान मिचेल मार्सको कप्तानीमा टोली घोषणा गरेको हो ।
टोलीमा भारतमा जारी आइपिएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका धेरै खेलाडीले स्थान पाएका छन् । टोलीमा ट्राभिस हेड र ग्लेन म्याक्सवेलजस्ता स्टार खेलाडीलाई समावेश गरिएको छ । तर, टोलीमा अनुभवी ब्याटर स्टिभ स्मिथ र युवा ब्याटर ज्याक फ्रेजर म्याकगर्क भने पर्नुभएन ।
सन् २०२१ मा भएको टी-२० विश्वकपमा अस्ट्रेलिया विजेता बनेको थियो । यस्तो अवस्थामा यसपटक पनि अस्ट्रेलियालाई उपाधि जित्ने प्रबल दावेदार मानिएको छ ।
अस्ट्रेलिया एकदिवसीय (ओडिआई) विश्वकपको पनि विजेता हो । उसले गत वर्ष घरेलु टोली भारतलाई हराउँदै ओडिआई विश्वकप छैटौंपटक जितेको थियो । अस्ट्रेलियाको टोलीमा मिचेल मार्श (कप्तान), एश्टन एगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर र एडम जाम्पा रहनुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच