चितवन । चितवनमा मोटरसाइकल अनियन्त्रित भई घरको भित्तामा ठोक्किदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका ३ बन्सी बस्ने वर्ष २२ को जीवन चौधरी र सोही ठाउंका बर्ष १८ का सुमित महत्तो रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार राती ११ बजेर ५५ मिनेट जांँदा रत्ननगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा जीवन चौधरीले चलाएको ना २२ प ३४४४ नम्बर को मोटरसाइकल आफै अनियन्त्रित भई सोही वडाका सुमन गदालको घरको भित्तामा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भिर दुबैजनालाई उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाईएकोमा उपचारको क्रममा चिकित्सकले सुमितलाई राती १२ बजेर २० र जीवनलाई १२ बजेर ५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुबै शब सरकारी अस्पताल भरतपुरमा रहेको र यसबारे थप अनुसन्धान भईरहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच