शुरु भयो यार्सा सिजन, मुगुका पाटनहरु जेठ १५ बाट प्रवेश खुल्ला गरिने

निर्पेन्द्रबहादुर मल्ल मुगु, संवाददाता
निर्पेन्द्रबहादुर मल्ल मुगु, संवाददाता
Read Time = 4 mins

मुगु । मुगु जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रहरुमा पाइने वुहुमुल्य बुटि यार्चागुम्वा जेठ १५ देखि संकलन लागि प्रवेश खुल्ला गरिने भएको छ ।

जेठ १५ गतेबाट पाटन क्षेत्रमा यार्सा संकलन सुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताउनु भयो ।

जिल्ला बाहिरकालाई प्रति ब्यक्ति २ हजार ५ सय र जिल्ला भित्रकालाई प्रति ब्यक्ति २ हजार यार्सा संकलन प्रबेश शुल्क निर्धारण गरिएको छ ।
अध्यक्ष लामाका अनुसार प्रवेश शुल्क नतिरेर लुकीचोरी पाटनमा पुगेर यार्सा टिप्ने जो कोहीलाई कारबाही गर्ने निर्णय पनि पालिकाले गरिएको छ ।

चैत महिना देखि पाटनमा यार्सा उम्रिने सुरु गर्ने र जेठबाट स्थानीयले टिप्ने गरेको किम्री गाउका स्थानिय फोन्जुक तामाङले बताउनु भयो ।
गर्मीले पाटन क्षेत्रमा हिउँ पग्लिदै जाने र यार्साको टुसा माथि जमिनमा देखिन थालेपछि टिप्न सजिलो हुने गर्दछ ।

मुगुका पाटन क्षेत्रहरुमा उम्रिने यार्सा संकलन गर्न जिल्ला बाहिर र जिल्ला भित्रबाट सयौ जना बर्सेनि बैशाख देखि असारसम्म पाटन पुग्ने गरेका छन् ।

छोटो समयमा यार्सा संकलनबाट राम्रो आम्दानी हुने भएकाले कार्मारोङ गाउँपालिकासहित मुगु जिल्लाका अन्य पालिकाका गाउँ बस्तिहरुका काम गर्न सक्ने उमेर स्थानियहरु बुढापाका र बालबच्चा चौपाया बस्तु घरमा छोडेर पाटन उक्लिने गर्दछन् ।

पाटनमा डेढ महिना सम्म यार्सा टिपेर स्थानीय फर्किने गरेका छन् । गत बर्ष मुगुको पाटन क्षेत्रमा अत्यधिक मात्रामा यार्सा पाइएको र यो बर्ष खडेरी परेको र हिउँ कम परेकाले यार्सा कमै पाइने स्थानीयहरु बताउछन् ।

मुगुको पाटन क्षेत्रमा पाइने यार्सा प्रति गोटा ५ सय देखि १ हजारमा बिक्री हुने गरेको छ । यार्सा संकलन क्षेत्रमा चोरी डकैती लुटपाट नहोस भन्ने हिसावले जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी खटाउदै आएको छ भने पाटनमा स्वास्थ्यका कर्मचारी पनि यार्सा संकलनको स्वास्थ्य उपचारका लागि खटिने गर्दछन् ।

मुगुम कार्मारोङ गाउपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङदाङखोला, छापाखोलालगायत २ दर्जन पाटनहरुमा बढी यार्सा पाइने गरेको छ ।

यार्सा टिप्न कार्णालीका १० वटै जिल्ला र देशका अन्य जिल्लाहरु बाजुरा, अछाम, बझाङ्ग, पोखरा, मनाङ्ग, मुस्ताङ्ग, सिन्धुपाल्चोकबाट पनि मान्छेहरु पाटनमा पुग्ने गर्दछन । संकलकहरुबाट यार्सा खरिद गर्न काठमाडौ, पोखरा, बझाङ्ग, डोल्पाबाट व्यापारीहरु हेलिकप्टर मै पाटनमा आउने गरेका छन् ।

गत वर्ष लुकिछिपी यार्सा टिप्न पाटन क्षेत्रमा पुगेका ३ जना संकलकको हिउँ पहिरोमा परि मृत्यु भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए विद्युतीय एम्बुलेन्स र शववाहनमा कर छुट दिने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद् बैठक : सुनसरी र सिरहाका प्रदर्शनमा मृत्यु भएका चार जना सहिद… शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश