![नेताहरु गैरजिम्मेवार रुपमा कमाउन लागेकाले अर्थतन्त्रमा समस्या आयो : अध्यक्ष सिंह](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/rabi-shing-nirman-byawasahi.jpg)
काठमाडौं । जयकुमार नाथ साह मेमोरियल यु-१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको तेस्रो दिन आलोक विद्याश्रम स्कुल र सैनिक आवाशीय महाविद्यालय स्कुलले जित हात पारेका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आलोक विद्याश्रमले ज्ञालेक्सी पब्लिक स्कुललाई ५ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको ज्ञालेक्सी १५.५ ओभरमा ९५ रन बनाउँदै अलआउट भएको थियो । ९६ रनको लक्ष्य आलोक विद्याश्रमले १८.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
अर्को खेलमा सैनिक आवाशिय महाविद्यालयले रेडियन्ट रिर्डस स्कुललाई १० विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको रेडियन्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८९ रनमा बनाउन सक्यो । ९० रनको लक्ष्य सैनिक आवाशिय महाबिद्यालयले विना कुनै विकेटको क्षतिमा १० ओभरमै पुरा गर्यो ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा १६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइँदैछ । विजेताले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगदसहित गिफ्ट हृयाम्पर दिइनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ ले एक हजार नगदसहित गिफ्ट हृयाम्पर पाउनेछन् ।
मुख्य प्रायोजकमा स्व.जयकुमार नाथ शाहका परिवार छन् । जम्मा २७ खेल हुने प्रतियोगिताका खेलहरू मूलपानीका दुवै क्रिकेट मैदानमा खेलाइँदैछ । वैशाख ३० गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख २६ हजार पाँच सय रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच