चितवन । चितवनको मध्यवर्ती क्षेत्रका महिलाहरुको लागि पञ्चेबाजा र थारु नृत्य (ठेकरा) तालिम शविबारदेखि सुरु भएको छ । पर्यटकीय नगरी सौराहामा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले संस्कृतिलाई पर्यटनसंग जोडेर जीविकोपार्जनको आधार तयार गर्न सीपमुलक तालिम सुरु गरेको हो ।
लोमउन्मुख संस्कृतिलाई संरक्षण गर्दै कृषि, कला र संस्कृतिलाई सौराहाको पर्यटनसंग जोड्न महिलाहरुका लागि तालिम आयोजना गरिएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । टिकौली मध्यवर्ती सामुदायिक वनको सेवा क्षेत्र भित्रका २० जना महिलाहरुलाई पञ्चेबाजा बजाउने र जनकौली मध्यवर्ती सामुदायिक वनका २५ जना थारु महिलाहरुका लागि थारु नृत्य तालिम सुरु गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए । एक महिला सम्म चल्ने पञ्चेबाजा तालिमको प्रशिक्षकमा रोशन बर्देवा र थारु नृत्य तालिमको प्रशिक्षकमा दुखवा महतो रहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख शान्ताबहादुर मगरले महिलाहरुलाई वनप्रतिको निर्भरता हटाउदै संरक्षणमा क्रियाशिल बनाउने उद्देश्यले मध्यवर्ती स्तरमा सुरु भएको दुई सीप मुलक तालिम उदाहरणीय रहेको बताउनुभयो । संस्कृतिलाई पर्यटनसंग जोडेर जीविकोपार्जन आधार तयार गर्न सुरु गरेको तालिमले स्थानीयको जीवन स्तर उकास्ने उहाँको विश्वास छ ।
कृषि, कला र संस्कृतिलाई सौराहाको पर्यटनसंग जोडेर आयआर्जन आधारशिला तयार गर्ने योजना बमोजिक काम भइरहेको भन्दै मृगकुञ्जका अध्यक्ष घिमिरेले स्थानीयको जीविकोपार्जनको सुनिश्चिितता नभएसम्म उनीहरुलाई संरक्षणमा क्रियाशिल बनाउन मुस्किल रहेको भन्दै उहाँले एकपछि अर्को गर्दै समुदायलाई सीपमुलक तालिम दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतो, टिकौली वनका सदस्य रामलाल चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो । मृगकुञ्जका सचिव ओमप्रसाद रिजालले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य बुद्धिमान विकले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच