काठमाडौं । जुलाई २०२४ मा फ्रान्समा हुने ओलम्पिकका लागि दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ गतेसम्म हुने जानकारी दिइएको हो ।
छनोट प्रतियोगितामा नेपालका तर्फबाट संयोग कपाली, सान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले प्रतिनिधित्व गर्ने मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिनुभयो ।
नेपालको मुख्य चुनौती भनेको श्रीलंकाका खेलाडी रहने भएकाले सोहीअनुसार तयारी गरिएको प्रशिक्षक कपालीको भनाइ थियो ।
छनोटमा नेपालसँगै बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाबाट समान दुई महिला र पुरुष खेलाडी गरी २० खेलाडीले सहभागिता जनाउनेछन् ।
छनोट प्रतियोगिताबाट पुरुष एक र महिला एक खेलाडी फ्रान्समा हुने ओलम्पिक खेलका लागि छनोट गरिनेछ ।
एसियाबाट ६ देशले सहभागिता जनाउने भए पनि भारतबाट यसअघि नै खेलाडी छनोट भइसकेका छन् । नेपालमा पहिलोपटक ओलम्पिकको छनोट हुन लागेको हो ।
प्रतियोगितामा खाना तथा बसोबासको व्यवस्था ‘नेपाली घर’ ले गरेको छ । नेपाली घरले करिब पाँच लाख रुपैयाँ बराबरको प्रायोजन गरेको बताइएको छ ।
छनोट प्रतियोगिता गर्न करिब १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । छनोट प्रतियोगिता राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौर कभर्डहलमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच