कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना लागु भएको छ । विगत लामो समयदेखि समाज रुपान्तरणका निमित्त काम गर्दै आइरहेको सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालले संयुक्त रुपमा योे परियोजजना लागु गरेको हो ।
यसअघि किर्डाक नेपालसँगको साझेदारीमा सेभ द चिल्ड्रेनले शुभकालिकामा सहयात्रा दोस्रो परियोजनामा काम गरिरहेको थियो । दोस्रो परियोजनाको अन्त्य गर्दै सेभ द चिल्ड्रेनले पुनः भिडिसेफ नेपालसँगको साझेदारीमा तेस्रो परियोजना लागु गरेको हो ।
मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकामा सहयात्रा तेस्रो परियोजनालाई स्वागत गरिएको छ । भिडिसेफ नेपाल कालीकोटका अध्यक्ष कल्पना बोगटीको सभाध्यक्षता गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यको प्रमुख आतिथ्यता र उपाध्यक्ष धर्मकला शाहीको बिशेश आतिथ्यता वडा नम्बर १ देखि ८ सम्मका वडा अध्यक्षहरुको उपस्थितिमा सहयात्रा तेस्रो परियोजना औपचारीक रुपमा लागु भएको जानकारी गराइएको हो ।
परियोजनालाई पालिकामा स्वागत गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले विकास साझेदार संस्थाहरुलाई पालिकामा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । स्थानीय सरकारसँग समन्वय गरेर पालिकामा काम गर्न आउने संघसंस्थाहरुलाई खुल्ला हृदयले स्वागत गरिने बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले गाउँपालिकामा पुनः सहयात्रा तेस्रो परियोजना सुरु भएकोमा धन्यवाद दिदैँ स्थानीय सरकारको साथ सहयोग र समन्वय सधैंभरि रहने बताउनुभयो ।
परियोजनाको उद्देश्य भित्र रहेर पालिकाले पनि गुणस्तरीय शिक्षा, बालअधिकार शासन लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालले शुभकालिका गाउँपालिकामा काम गर्न तेस्रो परियोजना ल्याएर आएकोमा धन्यवाद दिनुभयो । उपाध्यक्ष शाहीले सामाजिक काममा सबै एकजुट हुन आवश्यक रहेकाले आआफ्नो तह र तप्काबाट सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा भिडिसेफ नेपाल कालीकोटका अध्यक्ष कल्पना बोगटीले शिक्षा, बाल सुरक्षा, बालअधिकार मैत्री सरकार, स्वास्थ्य र पोषण, बाल गरिबी न्यूनीकरण र क्रस कटिङ्गको क्षेत्रमा सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालले स्थानीय तथा प्रदेश सरकारलाई सघाउने काम गरिरहेको जानकारी गराउनुभयो ।
सेभ द चिल्ड्रने स्थानीय गैरसरकारी संस्थाहरू मार्फत कालीकोटका विभिन्न पालिकामा यसअघि पनि काम गरिसकेको छ । तर यो पटक भिडिसेफ नेपालसँग साझेदारीका रुपमा सहयात्रा तेस्रो परियोजनामा काम गर्दै छ ।
कार्यक्रममा सहभागी सम्पूर्णले सेभ द चिल्ड्रेनलाई बालबालिकाका विभिन्न विषयहरूमा थप कामकाज गर्नु पर्ने सुझाव दिएका छन् । सेभ द चिल्ड्रेनले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सुरक्षाका विषयमा गरेको सकारात्मक कामलाई सधैंभरी साथ सहयोग र सपोर्ट रहने सहभागी सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच