ब्युनस आयर्स । अर्जेन्टिनामा यस वर्ष डेंगुका चार लाख २० हजारभन्दा बढी केस भेटिएपछि डेंगु लक्षित खोप अभियान घोषणा गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय खोप आयोग (कोनेन) को सिफारिसका आधारमा र महामारीविरुद्धको व्यापक रणनीतिको एक भागका रूपमा प्रभावित क्षेत्रलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
मन्त्रालयले डेंगु अति प्रभावित जिल्लाहरूमा १५ देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई चरणबद्धरूपमा खोप अभियानमा समेटिने बताएको छ ।
मे ५ मा सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार अर्जेन्टिनाले यस वर्ष हालसम्म देशका २४ जिल्लामध्ये १९ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका कारण चार लाख २० हजार आठ सय ६७ जनामा डेंगु लागेको र दुई सय ९१ जनाको मृत्यु भएको छ ।
एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग डेंगु भएपछि सामान्यतया टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महसुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता हुने जस्ता लक्षण देखा पर्छ । रासस/सिन्हृवा ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच