रुपन्देही । तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो र देशकै उत्कृष्ट नगरपालिकाहरुमा छनोट पनि भएको नगरपालिका हो ।
तिलोत्तमा नगरपालिकाको भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक नेपालकै नमुना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्धनका कार्यक्रमले छ लेन सडक थप आकर्षक बढेको छ ।

सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बीच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्य ।

बुटवलको योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसङगै सडकको दायाँ र बायाँ दुबैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ भने मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्य फुलेको छ ।

सिदार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका विरुवाहरू लगाइएको छ ।






- मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी







क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा
‘महाराजधिराज’का लागि पुष्पको सिक्स प्याक
दीपानारायण झाको एकल सांगीतिक साँझ
‘रानीहार’ लिएर आइन संगीता
सकियो ‘चिरञ्जीवी भवः’को छायांकन