✍️ निरञ्जन मैनाली
विभिन्न सञ्चारमाध्यममा प्रकाशित ‘जनयुद्धसँगै लडेकी छोरीलाई’ भन्ने शीर्षकको समाचार पढ्दा खुशी लाग्यो । विसं २०४६ सालको बहुदलीय व्यवस्थादेखि ०६३ सालसम्म सबै दलका नेता र कार्यकर्ताबीच नङ र मासुको सम्बन्ध थियो । त्यसपछि नेताहरूले आफ्ना कार्यकर्ताहरूको जस्तोसुकै समस्या भए पनि निराकरण गर्न चासो नदेखाउनु आफैंमा दुर्भाग्यपूर्ण हो । तर पनि कार्यकर्ताहरू आफ्नो पार्टीका लागि ज्यान दिन तयार हुन्छन् । दुःख पर्दा पार्टी र नेताहरूले सहयोग र साथ किन दिँदैनन् ? आज यो सवाल सबै इमानदार कार्यकर्ताको भएको छ । यो गम्भीर विषय हो ।
विसं २०५२ सालदेखि ०६३ सालसम्म तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच युद्ध चल्यो । विद्रोही माओवादीको भाषामा शामन्ती शासनलाई समाप्त गरी जनगणतन्त्र व्यस्थाको स्थापना गर्ने उद्देश्यबाट सशस्त्र युद्धको थालनी भएको भन्ने गरिएको छ । जसमा हजारौ युवाले ज्यानको आहुति दिए । युद्धको जगमा जनआन्दोलन भयो र परिणाम देशमा गणतन्त्रको स्थापना भयो । तर विडम्बना देश र जनताका लागि भनिएको गणतन्त्रबाट तात्विक अन्तर आउन सकेन ।
यसको एक उदाहरण हुनुहुन्छ सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाका दीपक पाख्रिन । उहाँले विभिन्न ठाउँमा युद्ध लडनुभयो । देशमा व्यवस्था परिवर्तन भयो तर उहाँकोे घरको अवस्थामा कुनै परिवर्तन भएन । आफ्नो घरको अवस्था नाजुक भएकाले छोरी प्रितना पाख्रिनलाई अध्ययन गराउन नसक्दा सोही पार्टीका संविधानसभा सदस्य प्रहृलाद लामिछानेले एसइईसम्म पठनपाठनको खर्च व्यहोरनु सकारात्मक पक्ष हो । यद्यपि शान्ति सम्झौतापश्चात माओवादीको बहुमतको सरकार भएको समयमा नेतृत्वले युद्धमा बलिदानी गरेका शहीदका परिवार र बेपत्ताका परिवारलाई न्याय दिलाउनेतर्फ उन्मुख भएको भए आज माओवादी यति कमजोर हुनुपथ्र्यो र ? यो सबै कार्यकर्तालाई पाखा लगाएर नयाँ कार्यकर्ता स्वागत गर्दाको परिणाम हो । नेताहरूले स्थानीय तहदेखि प्रदेशतहसम्म संगठन विस्तार गर्न चासो नदिने र आफू केन्द्रमा मात्र केन्द्रित हुँदा पार्टी धाराशायी बन्न पुगेको हो । यदि नेतृत्वले जनताका जल्दाबल्दा समस्या ध्यान दिने हो भने आगामी ०८४ को निर्वाचनमा बहुमत सरकार बनाउन कसैले रोक्ने थिएन कि ?
बारा, कोल्हवी, हाल काठमाडौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच