कैलाली । कैलालीको धनगढीबाट प्रहरीमाथि जासुसी गर्ने एक जना पक्राउ परेका छन् । तस्कर समूहहरुको तर्फबाट प्रहरीमाथि निगरानी राख्ने गरेको आरोप लागेका धनगढी-७ बस्ने बुद्दीराम चौधरी पक्राउ परेका हुन् ।
चौधरी पक्राउ परेसँगै कैलालीका विभिन्न सीमानाकामा तस्करी गर्नेहरुले प्रहरीमाथि नै निगरानी राख्ने गरेको खुलासा भएको छ । शनिवार तस्करहरूका जासुस चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चौधरीलाई से ४ प ५८६१ नम्बरको स्कुटीसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
चौधरीले प्रहरी टोलीको गोप्यरुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधिको बारेमा निगरानी राख्ने र तस्करहरूलाई सोको जानकारी दिने गरेको खुलेको कैलाली प्रहरी प्रवक्ता कविन्द्रबहादुर बोहराले जारी गरेको सूचनामा उल्लेख छ ।
उनले विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रुपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधिको बारेमा अवैधरुपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मुलका विभिन्न मानिसहरुको समूहलाई सूचनादिने गरेको खुलेको हो।
चौधरीले सूचनादिए बाफत प्रति सूचना ५ सयका दरले रकम लिने गरेको बताइएको छ। चौधरीलाई राष्ट्र सेवकलाई कामकाजमा बाधाअवरोध गरेको कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच