संखुवासभा । चैनपुर नगरपालिका-१ लिबुङटार बस्ने ताप्लेजुङ मायाखोला गाउँपालिका-१ घर भएका ४२ वर्षीय दिल बहादुर चोङवाङलाई कटुवा पेस्तोल १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मामा नाता पर्ने नयन बहादुर लिम्बुको घरमा बस्दै आएका दिल बहादुर र नयन बहादुरबीच घरायसी विवादको कारण झैं-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरीले दिल बहादुरको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच