काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन हुनुभएको छ । इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहनुभएका उहाँल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन हुनुभएको हो ।
नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्षसमेत रहनुभएका मल्ल निर्जीवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न हुनुहुन्छ । उहाँले अन्य विभिन्न व्यवसायीक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहनुभएको छ ।
प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताउनुभयो । निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।
इन्स्योरेन्सको सदस्यहरू मा सञ्चालकको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन हुनुभएको छ । यस्तै, सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच