काठमाडौं । जैन इन्टरनेसनल ट्रेड अर्गनाइजेसन(जितो) नेपालले जितो टान्सपट्स जोन हैदराबाद, कोइम्बटोर र विशाखापट्टनम च्याप्टर्ससँग सिस्टर च्याप्टर सम्बन्ध स्थापना गर्दै सम्झौता गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जितो नेपाल च्याप्टरका अध्यक्ष कमलकुमार बेगानीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । जितो विश्वभरका जैन उद्योगी, व्यवसायी र पेशेवरको समुदाय हो, जसमा संयुक्त राज्य अमेरिका, युरोपेली देश, अष्ट्रेलिया र भारतलगायत २८ अन्तर्राष्ट्रिय स्थानका १५ हजार चार सय ११ सदस्यहरू आर्थिक सशक्तीकरण, ज्ञान र सेवाका उद्देश्य पूरा गर्न सक्रिय छन् ।
कम्पनी ऐन, २०६३ अन्तर्गत सन् २०१७ मा स्थापना भएको जितो नेपाल च्याप्टरले नैतिक व्यापार अभ्यास, नेटवर्किङ र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्दै आएको छ । जितो नेपालले आफ्ना सदस्यबीचको सम्पर्क सहज बनाउँछ, ज्ञानको आदानप्रदानलाई बढावा दिन्छ र नेपाली जैन व्यवसायी समुदायमा सीप विकास र मार्गदर्शनका लागि अवसर प्रदान गर्छ ।
स्थापनादेखि संस्थाले दान अभियान, वृक्षारोपण कार्यक्रम, व्यापार सेमिनार तथा खेलकुदका साथै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सम्झौतासँगै दुई राष्ट्रबीच विचार, ज्ञान र उत्कृष्ट व्यापार अभ्यासको नेटवर्किङ अवसर, सांस्कृतिक आदानप्रदान र परोपकारी कार्यमा सामूहिक पहल हुने बताएको छ । साथै जितो नेपाल र युथ विङले वैशाख १५ देखि वैशाख ३० सम्म सगरमाथा बेस क्याम्प ट्रेकिङ आयोजना गरेको थियो । ट्रेकिङमा भारत, नेपाल, दुबई र थाइल्याण्डका १७ देखि ७४ वर्ष उमेर समूहका १८ सदस्यको सहभागिता रहेको जितो नेपालले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच