काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गर्नुभएको छ । ७७ औँ कान्स फिल्म फेस्टिभलमा भाग लिन उहाँ फ्रान्स जानुभएको हो ।
मेयर शाह कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फेस्टिभलमा सहभागी हुन त्यसतर्फ प्रस्थान जानुभएको हो । शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहनुभएको छ ।
फ्रान्समा रहँदा शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने छ । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।उहाँ फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी हुनुहुनेछ भने अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन समेत गर्ने छन् ।
उहाँहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गर्नुभएको थियो । बालेन जेठ ७ गते स्वदेश फर्किने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच