हेटौंडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एकालाल श्रेष्ठले तुलसी प्रसाद रिजाललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्नुभएको छ।
हेटौंडा ४ निवासी रिजाललाई विज्ञ सल्लाहकारमा मन्त्री श्रेष्ठले नियुक्त गर्दै बुधबार पदस्थापन गर्नुभएको हो ।
मन्त्रालयले उहाँलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो। मन्त्रालयले उहाँको बौद्धिकतालाई उच्चतम प्रयोग गर्दै प्रदेशको खानेपानी, उर्जा र सिँचाई नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।
पदस्थापनपछि सल्लाहकार रिजालले आफ्नो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताउनुभयो । विज्ञ सल्लाहकारले जनता र मन्त्रालयको अपेक्षा बमोजिम योजना बनाउने र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने बताउनुभएको छ। उहाँले इमान्दारीपूर्वक प्रदेश सरकारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समाजशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका रिजालले यसअघि भूमि सम्बन्धि समस्या समाधान आयोगको विज्ञ सदस्यको रुपमा काम गरिसक्नुभएको छ ।
यसैगरी तत्कालिन कृषि विकास मन्त्रालयको सामाजिक समावेशी विज्ञको रुपमा मेचि अञ्चलको प्रमुख भई काम गरिसक्नुभएको छ । वरिष्ठ समाजशास्त्रीको रुपमा लामो समयदेखि क्रियाशील रहनुभएका रिजाल शान्ती तथा पुनस्थापन विज्ञको रुपमा पनि काम गरेको अनुभव रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच