दाङ । आज भोलि स्थानीय तहहरूले बस्तीस्तरबाट योजना छनोट प्रक्रिया सुरु गरेका छन् । लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई चरणमा स्थानीय तहका जनप्रतिनिधिको धारणा र सुझाव संकलन गरेपछि पालिकाहरु आर्थिक वर्ष २०८१÷८२ का लागि वार्षिक बजेट बनाउन बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । पालिकाहरु असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरी असार १५ गतेभित्र नीति तथा कार्यक्रम ल्याउने गरी सबै स्थानीय तहले काम गरिरहेका छन् ।
लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई चरणमा दाङको लमहीमा गरेको स्थानीय तहका जनप्रतिनिधिको धारणा र सुझाव संकलनमा स्थानीय तहका जनप्रतिनिधिले प्रदेश सरकारलाई टुक्रे योजना नपठाउन आग्रह गरेका छन् । स्थानीय तहले प्राथमिकीकरण गरेर पठाएका योजना नपर्ने तर झ्यालबाट पसेका योजना छानिएको भन्दै उनिहरुले आलोचना समेत गरेका छन । वडा कार्यालयबाट विनियोजन हुने आकारका बजेट संघीय र प्रदेश सरकारबाट विनियोजन हुँदा हैरानी भोग्नुपरेको दुखेसो स्थानीय तहका जनप्रतिधिनिले पोखेका छन। स्थानीय तहका पदाधिकारीसँग बजेट निर्माण, अनुदान र राजश्व बाँडफाँटसम्बन्धी कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले अनुसन्धान बिना विनियोजन गरिने बजेटले कुनै उपलब्धि नदिने उनिहरुको भनाइ छ ।
‘प्रदेशले योजना र बजेट बनाउँदा अनुसन्धान गरोस्। खानेपानी आयोजना अधुरा छन्। गौरवका आयोजना थोरै भए। गौरवका आयोजना थपियोस्,’ सरुमारानी गाउँपालिकाका प्यूठानका अध्यक्ष झगबहादुर विश्वकर्माले भन्नुभयो, ‘टुक्रे योजना प्रदेशले नगरोस्। अधुरा योजना कार्यान्वयन र पुरा गर्ने गरी बजेट निर्माण गरोस्।‘संघीयतालाई बलियो बनाउने गरी नीति तथा कार्यक्रम बनाउन राजापुर नगरपालिका बर्दियाका नगर प्रमुख दिपेश थारुले सुझाव दिनुभयो ।
आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षका लागि साना आयोजना कटौती गरिने वताउनुभयो।‘कति थेग्न सक्छौँ, हामीले टुक्रे आयोजना समावेश गर्दैनौँ। सिस्टमभन्दा बाहिरबाट प्राप्त भएका आयोजनामा बजेट हाल्दैनौँ,’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री जोखबहादुर महराले प्रक्रिया भन्दा बाहिरबाट आउने कुनै पनि योजनामा बजेट नपर्ने बताउनुभयो। फाइल बोकेर मन्त्रालय धाउनुको सट्टा मातहतका कार्यालयबाट प्रक्रियाबाट योजनाहरु अघि बढाउन मुख्यमन्त्री महराले सुझाव दिनुभयो । मुख्यमन्त्री महराले अधुरा योजना सबै पूरा गर्ने गरी बजेट बनाइने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच