छैटौँ स्थानमा उक्लियो चेल्सी

हिमालय टाइम्स
Read Time = 3 mins

लण्डन । लण्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको छैटौँ स्थानमा उक्लिएको छ । अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा बुधबार राती सम्पन्न खेलमा ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले एक स्थान सुधार गरेको हो ।

खेलको ३४औँ मिनेटमा कोल पाल्मरले चेल्सीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ६४औँ मिनेटमा क्रिस्टोफर एनकुन्कुले अग्रता दोब्बर बनाउनुभयो । दोस्रो हाफको इन्जुरी समयको सातौँ मिनेटमा ड्यानी वेलबेकले गोल गरे पनि ब्राइटनले हार टार्न सकेन ।

जितसँगै चेल्सीले ३७ खेलबाट ६० अंक जोडेको छ । चेल्सीले युरोपा कन्फ्रेन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना बढेको छ । पराजित ब्राइटन समान खेलबाट ४८ अंकसहित १०औँ स्थानमा छ ।

यस्तै, लिगकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको छ । ओल्ड ट्राफोर्डमा बुधबार राती सम्पन्न खेलमा घरेलु टोली युनाइटेड ३-२ गोल अन्तरले विजयी भएको हो । जितसँगै आठौँ स्थानमा रहेको युनाइटेडले ३७ खेलबाट ५७ अंक जोडेको छ । समान खेल खेलेको न्युक्यासल समान अंकसहित सातौँ स्थानमा छ ।

खेलको ३१औँ मिनेटमा कोबी माइनुको गोलमार्फत् युनाइटेडले सुरुवाती अग्रता लिएको थियो । तर, ४९औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । त्यसको आठ मिनेटपछि नै अमद डायलोले गोल गर्दा युनाइटेड खेलमा २-१ ले अगाडि रहृयो । ८४औँ मिनेटमा रसमुस होजलुन्डले गोल गर्नुभयो । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुइस हलले गोल गरे पनि न्युक्यासलको हार टार्न सक्नुभएन । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *