झापा । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रदर्शनको क्रममा आज संसद भवन अगाडिबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई विनासर्त तत्काल रिहाइ गर्न माग गरेको छ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तिमा सहकारी ठगीको निष्पक्ष छानबिनको मागसहित प्रदर्शन उत्रेका नेविसंघ नेताकार्यकर्ता पक्राउ गरी हिरासतमा राख्नु निन्दनीय भएको उल्लेख छ ।
प्रहरीले नेविसंघका छ जना केन्द्रीय सदस्यसहित १२ जना बढी नेताकार्यकर्तालाई पक्राउ गरि हिरासतमा राखेको छ ।
प्रहरीले नेविसंघ केन्द्रीय सदस्यहरु मिरा कटुवाल, उपसना अधिकारी, सुशील खनाल, किशोर ढुंगाना, श्रेयाद पुडासैनी, कोटेश्वर क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकी, नेताहरु सुदन पराजुली, विनोद रावल, दीपक साउद, नवीन जोशी, शमशेर रावल लगायतलाई पक्राउ गरी हिरासतमा राखेको विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघका विद्यार्थीले आज दिउँसो संसद भवन अगाडि नाराजुलुशसहित प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा उनीहरु पक्राउ परेका थिए ।
उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ? ’ भन्दै प्रदर्शन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच