स्वस्थानी र अरहन्त च्याम्पियन

काठमाडौं । अरहान्त केशर सिंह र स्वस्थानी श्रेष्ठले शुक्रबार एनएसआरए राष्ट्रिय र्‍याकिंङ स्क्वास प्रतियोगिताको उपाधि जित्नुभएको छ । नेपाल स्क्वास एण्ड र्‍याकेट्स संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत पुरुष एकलको फाइनलमा अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ११-५, ६-११, ११-१ र ११-५ ले हराउनुभएको हो ।

महिला एकलमा स्वस्थानी श्रेष्ठले राष्ट्रिय च्याम्पियन विपना ब्लोनलाई चार सेटमै ११-७, ९-११, ११-४, ११-५ ले पराजित गर्नुभएको थियो । सातदोबाटोस्थित स्क्वास हलमा शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा दीपक थापाले पासाङ ब्लोनलाई चार सेटमै २-११, ११-०, ११-६ र ११-४ ले हराउनुभयो । महिला एकलमा कृष्णा थापा अस्मिता नगरकोटीलाई सिधा सेटमा ११-५, ११-७ र ११-३ ले हराएर तेस्रो हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *