बैंकक । जर्मनी, बेल्जियम र नेदरल्याण्डको साझा उमेदवारीलाई हराएर ब्राजिल सन् २०२७ को महिला विश्वकपको आयोजक चुनिएको छ । थाइल्याण्डमा भएको फिफा प्रतिनिधिहरूको चुनावमा भारती मतान्तरले ब्राजिलले आयोजनाको चुनावी जित निकालेको छ । जर्मनी, बेल्जियम र नेदरल्याण्डको साझा उम्मेदवारी ७८ मत आउँदा ब्राजिल एक्लैको मत ११९ आएको थियो ।
दशौँ महिला विश्वकप फुटबल आयोजनाको चुनावी जितपछि ब्राजिलमा उत्साह छाएको छ । ब्राजिलले महिला विश्वकपमा सन २०१४ को विश्वकपमा प्रयोग भएका १० रंगाशालालाई प्रस्तुत गरेको थियो । ब्राजिलको आइकोनिक माराकाना रंगशालामा उद्घाटन र समापन खेल हुने बताइएको छ ।
सबैभन्दा पहिले चीनबाट सन १९९१ मा महिला विश्वकप फुटबल आयोजना भएको थियो । दोस्रो संस्करण स्विडेनले आयोजना गरेकोमा तेस्रो र चौथो अमेरिकाले आयोजना गरेको थियो । पाँचौं आयोजकमा चीन आएको थियो । छैटौं, सातौं र आठौं आयोजकहरूमा क्रमशः जर्मनी, क्यानडा, फ्रान्स र नवौं संस्करणमा आयोजक देशहरू अण्ट्रेलिया र न्यूजिल्याण्ड थिए । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच