प्रतिनिधिसभा बैठक २ बजे बस्ने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाकाे बैठक २ बजे बस्ने गरि सारिएकाे छ । सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएको कारण प्रतिनिधिसभाको आइतबारको बैठक सरेको हो ।

संघीय संसद सचिवालयले सूचना जारी गरेर बैठक २ बजेलाई सरेको जानकारी दिएको छ । सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?