भोजपुर । हङकङमा बसेर आख्यानमा कलम चलाउहुने कथाकार दाजु गुरुङको डायस्पोरिक कथासंग्रह ‘लाइ-सी’माथि भोजपुरमा परिचर्चा भएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम प्रगतिशील लेखक संघले संयोजन गरेको थियो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अमृका ताम्राकारले गर्नुभएको थियो भने सञ्चालन सचिव कवि कविता राईले गर्नुभएको थियो ।
कार्यक्रममा कथाकृति ‘लाइ-सी’ माथि उप-प्राध्यापक सुरेन्द्र कार्की, समीक्षक शरणबहादुर खत्री र कवि/गीतकार कमला प्रधानले परिचर्चा गर्नुभएको थियो । परिचर्चा कारहरूले कथाकृतिमाथि डायस्पोरिक प्रवृत्ति, लैगिंकता र कथागत विशेषतामाथि चर्चा गरेका थिए ।
समग्रमा कथाकृतिलाई-सीले नेपाली साहित्यको कथा क्षेत्रमा एक राम्रो उपस्थिति जनाएको निष्कर्ष परिचर्चा कारहरूले प्रस्तुत गरेका थिए । सो अवसरमा खोटाङ जिल्लाको हलेसीमा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा द्वितीय हुने भोजपुरका कवि संग्राम किरातीलाई सम्मान पनि गरिएको थियो भने उदयपुरका अतिथि कवि जीवन आरोहीले कविता वाचन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच