काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकमा पनि काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएपछि बैठक स्थगित भएको हो । काँग्रेसको बिरोधपछि बैठक मंगलवार सवा १ बजेसम्मका लागि स्थगित भएको छ ।
सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाहीह अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरुमाथि औंला ठड्याउने काम भइरहेको बताउनु भयो ।
उहाँले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गर्नुभयो ।
अध्यक्षको आग्रहपछि पनि काँग्रेसले उठेर बिरोध जनाएपछि बैठक मंगलवारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच