गन्यापधुरा गाउँपालिकामा सुदुरपश्चिम प्रदेशकै सबै भन्दा कम बेरुजु, बित्तिय अनुशासनमा उत्कृष्ट

हिमालय टाइम्स
Read Time = 2 mins

डडेल्धुरा । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा सुदुरपश्चिम प्रदेशकै सबै भन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को ६१औं वार्षिक प्रतिवेदन अनुसार गन्यापधुरा गाउँपालिकामा सुदुरपश्चिम प्रदेशकै सबै भन्दा कम बेरुजु देखिएको हो ।

महालेखाको प्रतिवेदन अनुसार सुदुरपश्चिम प्रदेशका जम्मा ८७ स्थानिय तहमध्य गन्यापधुरा गाउँपालिका सबै भन्दा कम बेरुजुसहित बित्तिय अनुशासनमा उत्कृष्ट देखिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार गन्यापधुरामा लेखा परिक्षण गरेको रकमको जम्मा ०.२० प्रतिसत रकम मात्रै बेरुजु देखिएको छ। ०.२० प्रतिसत बेरुजु भनेको सुसाशनका दृष्टिले महत्वपुर्ण रहेको आर्थिक क्षेत्रका जानकारहरु बताउछन् । गन्यापधुरा गाउँपालिका पछि सुदुरपश्चिम प्रदेशका परशुराम, अमरगढी, टिकापुर, पुर्नबास नौगाढ र पाटन नगरपालिकाको पनि कम बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले प्रचलित कानुन बमोजिम रीत नपुर्‍याई गरेको कारोबार वा राख्नुपर्ने लेखा नराखी अनियमित तरिकाले गरेको आर्थिक कारोबारलाई बेरुजु देखाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?