उद्योग बाणिज्य संघ घोडेटार शाखाको साधारण सभा सम्पन्न

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था भोजपुर उद्योग बाणिज्य संघ घोडेटार शाखाको १० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शाखाका अध्यक्ष भीम बहादुर प्रदानको अध्यक्षता तथा भोजपुर उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण बहादुर मोक्तानको प्रमुख आतिथ्यमा घोडेटार शाखाको सभाहलमा बार्षिक साधारण सभा भएको हो । सोक्रममा सहभागि अतिथि वक्ताहरुले सरकारसँग निजी क्षेत्रले सहकार्य गरेर अघि बढ्न खोजेको बताउनु भएको थियो । सरकारले उद्योगीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न जरुरी रहेको बताउँदै उद्योगीहरुको व्यापार व्यवसाय माथि उठाउने गरी ठोस नीति ल्याउनुपर्नेमा वक्ताहरुले जोड दिनु भयो ।

साधारणसभामा प्रमुख अतिथि मोक्तान, बिशिष्ट अतिथि हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राई, प्रमुख प्रशासकीय अधिकृत महेश निरौला, सल्लाहकार नारायण प्रसाद निरौला, सगरमाथा माविका प्रअ हेमराज न्यौपाने, प्रकाश बान्तवा, एमाले प्रतिनिधि बिचारी थापालगायतले आफ्नो धारणा राख्नु भएको थियो । बार्षिक साधारणसभामा अध्यक्ष प्रधानले बार्षिक प्रतिबेदन, महासचिव प्रलाद थापाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सविता सुवेदीले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो।

घोडेटारमा भोजपुर उद्योग बाणिज्य संघको शाखाकारुपमा कार्यालय स्थापना भएको छ । गाउँपालिकाको सहयोगमा संघको शाखा कार्यालयको भवन समेत निर्माण भएको छ । साधारणसभामा राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, उद्योगी व्यवसायी तथा स्थानीयको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?