झापा । ज्येष्ठ नागरिक विष्णुमाया विष्टको हत्यामा सम्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा २१ वर्षीय गंगा राजवंशी र २७ वर्षीय महेश राजवंशी बुधबार पक्राउ परेका हुन् ।
झापा बिर्तामोड नगरपालिका ४ कालिकानगरकी ६८ वर्षीया विष्टको तीन साता अघि हत्या भएको थियोे । एक्लै रहनु भएको विष्टको वैशाख २६ गते मध्यरातमा घरभित्रै हत्या भएको थियोे ।
गंगाले विष्णुमायाको हत्या आफू र महेश मिलेर गरेको स्वीकारेका छन् । महेश उपर अनुसन्धान जारी रहेकोले प्रहरीले स्रोतले जनाएको छ । उनीहरू सोही वडाका बासिन्दा भएको बुझिएको छ ।
स्रोतले भन्यो,'पक्राउ परेका व्यक्ति र विष्टको घरको दुरी नजिकै पर्छ।' विष्णुमायाको हत्या खन्ती प्रहार गरेर गरेको गंगाले आफ्नो बयानमा खुलाएको स्रोतको भनाइ छ । पक्राउ परेका गंगा विभिन्न आरोपमा पटकपटक पक्राउ परेर छुट्दै आएका व्यक्ति हुन् ।
विष्टको हत्यारामा सम्लग्न खोज्न सिआइबी, कोशी प्रदेश , जिल्ला प्रहरी झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चारवटा टोली खटिएको थियोे ।
घटना भएकै दिन धरानबाट तालिम प्राप्त कुकुर ल्याएर हत्याराको पहिचानमा जुटेपनि प्रहरीले कुनै सुराक पाएको थिएन । २१ दिन बितिसक्दा पनि प्रहरीले कुनै सूचना चुहाएको थिएन ।
स्रोतका विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तर लगायत बरामद भएको छ । गंगाले कल (ट्युबवेल ) को छेउमा उक्त सुन गाडेको अवस्थामा प्रहरीले मरामद को हो । उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
त्यसबेला हत्यामा सम्लग्न व्यक्तिले बाहिरबाट ल्याएको मम विष्टको घरभित्रै खाएको र दिशा समेत गरेको हल्ला चलेको थियोे । यो विषयमा समेत प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन । प्रहरीले विष्टको शव उनी सुत्ने गरेको खाट नजिक कोल्टे परेको अवस्थामा फेला परेको मात्रै खुलाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच