लण्डन । इन्टर मियामी घरेलु मैदानमै पराजित भएको छ । साबा लोब्जिनेद्जेले दुई गोल गरेसँगै अमेरिकी सकर लिगमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई पराजित गरेको हो । एट्लान्टा युनाइटेडसँग मियामी ३-१ ले पराजित भएको छ ।
चेज रंगशालामा एट्लान्टालाई जित दिलाउन साबा लोब्जिनेद्जेले दुई र जमाल थियारेले एक गोल गर्नुभयो । मियामीका लागि कप्तान लियोनल मेसीले एक गोल फर्काउनुभयो ।
खेलको ४४औँ मिनेटमा लोब्जिनेद्जेको गोलमार्फत् एट्लान्टाले अग्रता लियो । ५९औँ मिनेटमा पुन लोब्जिनेद्जेले व्यक्तिगत दोस्रो जित दर्ता गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । ६२औँ मिनेटमा मेसीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याउनुभयो । जमालले ७३औँ मिनेटमा गोल गर्दै एट्लान्टालाई ३-१ को सहज जित दिलाउनुभयो ।
पराजयपछि पनि १७ खेलबाट ३४ अंक रहेको मियामी शीर्ष स्थानमै छ । १५ खेलबाट १६ अंक जोडेको एट्लान्टा १२औँ स्थानमा उक्लिएको छ । एजेन्सी ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच