नमागिएको सल्लाह
रारा ताल र सिन्जा उपत्यका कर्णाली क्षेत्रका विशिष्ट पहिचान हुन् । नेपालका मात्र होइन, विश्वकै सम्पदा हुन् जसले विश्वमा नेपालको पहिचान दिने सामथ्र्य राख्दछन् । गर्मी मौसममा साइबेरियाबाट पक्षीहरू बसाइँसराइ गरेर आउने रारा क्षेत्रका जनताको आर्थिक निर्भरता कृषिमा रहेको छ । भेडापालन, जडिबुटीको खोज अर्को पेशा हो भने यस क्षेत्रमा पर्यटकीय आकर्षण बढेसँगै पर्यटन क्षेत्रमा पनि केही रोजगारी सिर्जना भइरहेको छ । चार किमी दूरीमा रहेको ताल्चा विमानस्थल टाढाबाट आउने पर्यटकका लागि सहज पहुँचमार्ग भए तापनि साना जहाजको कमीले उडानमा नियमितता छैन । तालको दक्षिणपूर्वी भागमा रहेको ठाकुर बाबा मन्दिर स्थानीयको विश्वासको धरोहर हो । तालको बाढीले दुःख दिएको समयमा ठाकुर बाबाले बाँण हानेर निकास खोलेको जनश्रुति रहेको छ ।
नेपालको सबैभन्दा ठूलो स्वच्छ पानीको ताल भनिए तापनि बढ्दो मानवीय गतिविधि र थेग्य्रानको कारण प्रदूषण बढ्दै गएको छ । प्रकृतिको महत्व बुझी माया नगर्ने स्वार्थी मानवीय स्वभाव यो रमणीय क्षेत्रको संरक्षणका लागि चुनौतीपूर्ण रहेको पाइयो । यस्तो चुनौतीको समाधानका लागि ताल क्षेत्रमा लिजमा खोल्न अनुमति दिएका होटेल लजलाई पाँच वर्षभित्र खाली गर्न निर्देशन दिएको कारण भविष्यप्रति केही आशावादी बन्न सकिन्छ । पर्यटकका सुविधाका लागि बढेको घोडचढी व्यवसाय र भेडा, च्यांग्रा लगायतले गर्ने चरनले थेग्य्रानको समस्यालाई बढाएको देखिँदा तालको दीर्घकालीन अस्तित्व र स्वच्छतामा नकारात्मक प्रभाव पर्ने भएकाले गम्भीरताको खाँचो टड्कारो रूपमा देखापरेको छ ।
रारा तालमा डुबुल्की लगाएको सूर्यको मनमोहकता अद्भूत थियो । तस्वीर खिचियो । घोडा सवार हुने ढंग नभए तापनि तस्वीर खिच्न भए पनि चढियो । तुवाँलोले भने बेइमानी गरिरहेको थियो । तथापि ताल क्षेत्रको स्वर्गीय आनन्दको रसास्वादन गर्न कत्ति पनि बाँकी राखिएन ।
संरक्षित क्षेत्र नजिकमा विकसित भइरहेको सल्लेरी बजारमा बढ्ने पर्यटकीय गतिविधिले माग गर्ने सुविधाले तालक्षेत्रको मौलिकता प्रभावित हुने खतरा त छँदैछ । यसमा समयमै सरोकारवालाको ध्यानाकर्षण हुन जरुरी देखियो । रारा तालले त्यस क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नसक्ने भएकाले ताल्चा विमानस्थलको उडान नियमित गर्ने, ताल्चाको मौसमी प्रतिकूलतालाई मध्यनजर राखी जुम्ला विमानस्थलमा माग बमोजिम नियमित र भरपर्दो उडान गर्ने, जुम्लाबाट मुगु जाने एयरपोर्ट पछाडिबाट खाली हुँदै जाने छोटो कच्ची बाटोलाई चौडा, पक्की र भरपर्दो बनाउँन योजनाबद्ध ढंगले काम गर्न जरुरी देखिन्छ । यसरी काम गर्न सकिए यो भूस्वर्गले काल्पनिक स्वर्गलाई विस्मृतिमा पठाइदिनेमा आशंका नगर्दा हुन्छ ।
वैशाख १५ गते । ३७ वर्षअगाडि रन्जु र म वैवाहिक बन्धनमा बाँधिएका थियौं । शुभकामना आदानप्रदान गरियो । आजको दिन राराताल पुग्ने निर्धारित कार्यक्रम थिएन । संयोग त्यस्तो पर्न गएको थियो । बिहानीको मौसम त्यति गतिलो थिएन । पर्यावरणीय क्षतिको प्रभाव रारा क्षेत्रमा पनि देखिन्थ्यो । वातावरणमा तुवाँलोको प्रभाव थियो । स्थानीयका अनुसार जंगलमा आगो लगाएको कारण यस्तो समस्या भएको हो । तालक्षेत्र पनि पूर्णरूपमा देख्न कठिन थियो । सूर्यदेवले पनि यो कठिनाइ छिचोल्न सक्लान् कि नसक्लान् भनेर चिन्ता थपिएको थियो ।
त्यस्तो चिन्ताको वातावरण लामो समयसम्म भएन । एकैछिनमा सूर्य नारायणले तालको पानीमा समेत दर्शन दिनुभयो । तालको पानीमा टप्किएको सूर्यदेवलाई नजिक राखेर प्रशस्त तस्वीर खिचियो । त्यस्तो तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेर खुशियाली व्यक्त गरियो । केही चिनजानका साथीहरू बिहानको रमणीयतालाई अनुभूत नगरी हतारिएर डुंगा चढे । हामीलाई पनि हतारो लगाउँदै थिए । भरे बेलुकाको बास मुगु सदरमुकाम गमगढी थियो । हतार गर्नुपर्ने केही कारण थिएन तर, एउटा हतारो भने थियो-१० र ११ बजेको बीचमा डुंगा चढिसक्नुपर्छ । हावा लाग्ने कारणले १२ बजेपछि डुंगा चल्दैन । ११ बजे पनि ढिला हुनसक्छ । हावा चाँडै चल्यो भने के गर्ने ? डुंगा सञ्चालकहरूलाई हावाको बाहना बन्ने परिस्थिति बन्न दिनु पनि उपयुक्त थिएन ।
तालमा डुबुल्की लगाएको सूर्यको मनमोहकता अद्भूत थियो । भरमार तस्वीर खिचियो । घोडा सवार हुने ढंग नभए तापनि तस्वीर खिच्न भए पनि चढियो । सबै कुरा राम्रो हुँदाहुँदै तुवाँलोले भने बेइमानी गरिरहेको थियो । तथापि ताल क्षेत्रको स्वर्गीय आनन्दको रसास्वादन गर्न कत्ति पनि बाँकी राखिएन । सबै यात्रुहरू डुंगा चढेर पारिपट्टि जान सलबल गर्न थालेपछि धेरै बुझक्कड हुन जरुरी थिएन । डाँफे होटलमा भएको कुम्लो कुटुरो बोकेर प्रस्थान गर्नु श्रेयस्कर थियो । होटेल मालिक गोपाल हमालसँग सम्झनाका लागि तस्वीर खिचेर गोपालजीका छोरा शैलेन्द्र बमसँगै डुंगातर्फ प्रस्थान गरियो । मोटर बोट थिएन । हातले खियाउँने डुंगामा करिब ४५ मिनट लाग्दथ्यो पल्लो किनार पुग्नका लागि । डुंगा शयर पनि हुने, बाटो पनि छोट्टिने कस्तो मज्जा ।
मान्छेले चलाउने भएकाले केही जोखिम थियो । सिकारु यात्रीले पनि डुंगा चलाउन रहर गर्ने अनि रेलो गर्ने । तरिका राम्रो लागेको थिएन तर शालीनतापूर्वक सतर्क चाहिँ गराइयो । रेलो गर्ने क्रममा हामी चढेको अर्को डुंगाबाट अवतरण गर्ने समयमा झण्डै समस्या भएको थियो तर ट¥यो । नसुहाउने उमेरकाहरूले रेलो गरेको मलाई फिटिक्कै मन परेको थिएन तर घटना भएन नियतिलाई धन्यवाद छ । हामीसँग रिजर्भ गाडी नभएको हुनाले अरूजस्तो अलमल गर्ने छुट थिएन । फटाफट अघि बढ्यौं । हाम्रो गाडी नभएकाले कसरी सल्लेरीसम्म जाने भन्ने चर्चा भए तापनि सहयात्री कतैबाट पनि पाँच मिनट त हो नि असुविधा भए पनि जाऊँ भन्ने भनाइ आएन । सबै भरिभराउ अवस्थामा थिए । कुनै गुनासो गर्ने अवस्था पनि थिएन ।
यसपालिको यात्रामा परमेश्वर, नियतिको साथ रहेको छ । गाडी पुग्न सक्ने स्थानमा पुग्नासाथ कुनै नेपाली पर्यटकलाई रारा नजिक छोड्न आएको एउटा जिप देखियो । लाग्यो यो मौका पनि मिल्न सक्छ । चालक भाइलाई अनुरोध गरियो । निसंकोच उनले हामीलाई गाडीमा बस्न भने । अरूभन्दा अगाडि सल्लेरी पुगियो । केही रकम पाएकोमा चालक भाइ पनि दंग परे । सल्लेरीको स्थानीय होटेलमा बिहानीको खाना खाएर होटेलवालाको सवारीसाधन रिजर्भ गरेर ओरालो लागेपछि अपराहृन मुगु सदरमुकाम गमगढी पुगियो ।
मनमा भयले डेरा जमाए तापनि सिन्जा उपत्यका प्रवेश गरेपछि मन आनन्दित भयो । हिमा नदीको काखमा फैलिएको फाँट, लगभग नाग्मसम्म नै फैलिएको । जुम्ली मार्सी धानको उर्वर थलो । स्याउ र ओखरका बोटले उपत्ककाको रमणीयतालाई अझ बढाएका ।
सानो बजार, विकासमा पछि परेको, धुलाम्मे बाटो । हावा चलेर भुमरी परेपछि हिँड्नै कठिन हुने । मोटरबाटो पुगेपछिमात्र चामलको लागि सिडिओ कार्यालय धाउँनुपर्ने अवस्था सकिएको । मानिसको अनुहारमा कुनै चमक छैन । वातावरणले पनि ठगेको छ । हावामा उष्णता नभएका कारणले होला गोरा मानिस पनि कालो हुने अवस्था छ । तल बग्ने मुगु कर्णाली र पारिपट्टि देखिने गाउँको प्राकृतिक रमणीयता मनमोहक छ । ग्रामीण बाटाहरूको रेखाले एकातिर उत्साह जगाएको छ भने अर्कातर्फ पहिरोको जोखिम बढाएको छ । प्रकृतिको मौलिक रूप विकृत भएको छ ।
शिक्षा, स्वास्थ्यको क्षेत्रमा पिछडिएको जिल्ला । केही दिनअगाडि कानको निःशुल्क घुम्ती टोली गएको समयमा परीक्षण गरिएका अधिकांशमा कान खराब भएको टोली प्रमुख चिकित्सकको अनुभव कतै पढिएको थियो । सचेतनाको कमी र आर्थिक अभावले ग्रस्त छ यो क्षेत्र । गमगढी बजार पैदल एक चक्कर लगाइयो । मानिसहरू हिजोको असुविधा सम्झेर आज खुशी छन् । अधिकांशले विकसित समाज देखेका छैनन्, त्यसो भएर होला धेरै दिक्दार पनि देखिँदैनन् । हामी वास बसेको जनता होटेल हाम्रा लागि सुविधाजनक थियो । खाना पनि घरबाट हिँडेपछि सम्भवत सबैभन्दा राम्रो खाना खाएका थियौँ । सिन्धुपाल्चोकबाट गमगढी पुगेर कृष्ण नेवार भाइले व्यावसायिक रूपले काम गरेका रहेछन् । होटेल मालिक भए तापनि भान्सामा आफैं काम गर्दा रहेछन् । उनको व्यापारिक कौशल देखेर खुशी लाग्यो ।
अबको काम गमगढीबाट जुम्ला जाने साधनको प्रबन्ध गर्नुपर्ने थियो । बजार घुम्ने क्रममा टिकट काउन्टरमा जाँदा बसको टिकट काउन्टर देखियो । सोधपुछ गर्दा बिहानको टिकट पाउने अवस्था भयो । टिकट लिएर सुरक्षित हुनु बुद्धिमानी भएकाले गमगढीदेखि नाग्मसम्म जनही आठसय रुपैयाँ तिरेर टिकटको बन्दोबस्त गरियो । पहिले आएको खालीको बाटो जानलाई कम समय लाग्ने र जिपमा जाँदा सुविधाजनक पनि हुने थियो । यसो गर्दा सिन्जा उपत्यकाको विशेषता जान्न पाइने थिएन, रमणीयताको रसास्वादन गर्न पाइने थिएन । यसै कारण हाम्रो रोजाइ कर्णाली राजमार्गबाट सिन्जा उपत्यकाको अवलोकन गर्दै हवाई उडानका लागि जुम्ला जानुपर्ने अवस्था बन्यो । भुलभुले लेकसम्मको यात्राको अनुभव त भइसकेको थियो । त्यहाँबाट कर्णाली राजमार्गको बाटोहुँदै नाग्मसम्म भने नौलो अनुभव थियो ।
बाटो सहज होला भन्ने सोच थियो । अब त झनै अटव्य भीर हुँदै जानुपर्ने अवस्था रहेछ । यात्रा गर्दा निद्रा नलाग्ने बानी पनि खराब हुनेरहेछ । निष्फिक्री सुतेर जान पाए भय त हुने थिएन । एउटा फाइदा भने थियो, बाटोको समस्याले गर्दा गाडीले तीव्र गति लिन सक्ने अवस्था थिएन । चालक ज्ञानी भएर पनि होला । मनमा भयले डेरा जमाए तापनि सिन्जा उपत्यका प्रवेश गरेपछि मन आनन्दित भयो । हिमा नदीको काखमा फैलिएको फाँट, लगभग नाग्मसम्म नै फैलिएको । जुम्ली मार्सी धानको उर्वर थलो । स्याउ र ओखरका बोटले उपत्ककाको रमणीयतालाई अझ बढाएका ।
यात्राको क्रममा गाडीको अगाडिको टायर पन्चर भएको थियो । सुरुमा त अत्यास लाग्यो, एकै स्थानमा दुईवटा टायर हुने भएकाले केही समय एक टायरले काम चलाउन सकिने रहेछ । पञ्चर भएको टायर मर्मतसम्भार गर्न लागेको समय सिन्जा उपत्यका अवलोकन गर्न र संक्षिप्त रूपमा सिन्जावासीको जीवन पद्धति
बुझ्न सजिलो भएको थियो । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच