बझाङ । बझाङका तीन पालिकाको बेरुजु रकम बढेको छ । जिल्लाका अधिकांश पालिकाको बेरुजु रकम घटेको भएता पनि तीन पालिकाको भने गतवर्ष भन्दा यो वर्ष बेरुजु रकम बढेको छ। महालेखा परीक्षकको ६१ औँ प्रतिवेदन अनुसार बित्थडचिर गाउँपालिका ,छविसपाथिभेरा गाउँपालिका र साईपाल गाउँपालिकाको बेरुजु बढेको हो ।
प्रतिवेदन अनुसार २०७८/०७९ मा बझाङका १२ स्थानीय तहको बेरुजु रकम ६७ करोड बढी पुगेको थियो । अहिले घटेर जिल्लाका सबै पालिकाको बेरुजु ३५ करोड ७२ लाख १५ हजार पुगेको छ ।
सबैभन्दा बढी बेरुजु बित्थडचिर गाउँपालिकामा देखिएको छ। बित्थडचिर गाउँपालिकामा कुल परीक्षण गराएको १ अर्ब १४ करोड ६६ लाख २५ हजारमध्ये ५ करोड ५२ लाख ९३ हजार अर्थात ४.८२ प्रतिशत बेरुजु देखिएको छ । गत वर्ष यस पालिकामा ४ करोड ६१ लाख ९४ हजार बेरुजु थियो ।
सबैभन्दा कम मष्टा गाउँपालिकाको छ । जहाँ १ अर्ब ८ करोड २५ लाख ५८ हजारको परीक्षणमा ६८ लाख ३२ हजार अर्थात ०.९३ प्रतिशत बेरुजु देखिएको छ । गतवर्ष यस पालिकामा १ करोड २९ लाख ३९ हजार बेरुजु देखिएको थियो ।
केदारस्युँ गाउँपालिकामा १ अर्ब ४४ करोड ८१ लाख ८० हजार लेखापरीक्षण गरिएकोमा ५ करोड ३७ लाख ५४ हजार अर्थात ३.७१ प्रतिशत बेरुजु रहेको छ । गतवर्ष यस गाउँपालिकामा ११ करोड ६९ लाख ७३ हजार बेरुजु रहेको थियो । त्यस्तै यस अघि सबैभन्दा बढी बेरुजु आउने गरेको बुंगल नगरपालिकाले यो वर्षभने बेरुजु घटाएको छ ।
बुंगल नगरपालिकामा परिक्षण गरिएको १ अर्ब ६२ करोड ८१ लाख ३३ हजार मध्ये २.४९ प्रतिशत अर्थात ४ करोड ५ लाख ३९ हजार बेरुजु देखिएको छ । गत बर्ष सबै भन्दा बढी बुंगल नगरपालिकामा १२ करोड ९२ लाख २८ हजार बेरुजु रहेको थियो ।
जयपृथ्वी नगरपालिकामा १ अर्ब ४३ करोड ३५ लाख ८५ हजार लेखापरिक्षण गरिएकोमा ३ करोड ५९ लाख ४० हजार अर्थात २.५१ प्रतिशत बेरुजु देखिएको छ । गत बर्ष यस नगरपालिकामा ४ करोड ४३ लाख २४ हजार बेरुजु थियो ।
छविसपाथिभेरा गाउँपालिकामा गत वर्ष ३ करोड २१ लाख ४१ हजार बेरुजु रहेकोमा यो वर्ष बढेको छ। १ अर्ब १८ करोड ७७ लाख ६३ हजार परिक्षण गरिएकोमा ३ करोड ८८ लाख ६८ हजार अर्थात ३.२७ प्रतिशत बेरुजु देखिएको छ ।
खप्तडछान्ना गाउँपालिकाको १ अर्ब ३१ करोड १८ लाख ६४ हजार लेखापरीक्षण गरिएको मध्ये ९१ लाख ३३ हजार अर्थात ०.८१ प्रतिशत बेरुजु देखिएको छ । गत बर्ष यस पालिकामा ४ करोड ४१ लाख १८ हजार बेरुजु देखिएको थियो ।
साईपाल गाउँपालिकामा ६५ करोड ४२ लाख ५ हजार लेखापरीक्षण गरिएको मध्ये ४ करोड ५५ लाख ३३ हजार अर्थात ६.९६ प्रतिशत बेरुजु रहेको छ । गत बर्ष साइपाल गाउँपालिकामा १ करोड ६३ लाख १८ हजार मात्रै रहेको थियो अहिले साईपाल गाउँपालिकाले पनि बेरुजु रकम बढाएको छ ।
तलकोट गाउँपालिकामा ७८ करोड ४६ लाख १५ हजार लेखापरीक्षण गरिएकोमा २ करोड ५० लाख १६ हजार अर्थात ३.१९ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरेको छ । गत वर्ष ५ करोड ८५ लाख ३५ हजार बेरुजु रहेको थियो ।
यस्तै थलारा गाउँपालिकामा १ अर्ब ११ करोड १३ लाख ९९ हजार लेखापरीक्षण गरिएको मध्ये २ करोड ४७ लाख ९८ हजार अर्थात २.२३ प्रतिशत बेरुजु रहेको छ । गत वर्ष यस गाउँपालिका ८ करोड ४१ लाख ४७ हजार बेरुजु रहेको थियो ।
दुर्गाथली गाउँपालिकामा ८३ करोड ४७ लाख ७५ हजार लेखा परिक्षण गरिएकोमा २ करोड ५७ लाख ५६ हजार अर्थात ३.०९ प्रतिशत बेरुजु रहेको छ । गत वर्ष यस पालिकामा ६ करोड ८१ लाख ३९ हजार बेरुजु देखिएको थियो ।
यता सुर्मा गाउँपालिकामा ६२ करोड ३० लाख ६७ हजार लेखापरीक्षण गरिएको मध्ये २ करोड ७६ लाख ९ हजार अर्थात ४.४३ प्रतिशत बेरुजु रहेको छ । गत वर्ष यस पालिकामा २ करोड ६४ लाख ३६ हजार बेरुजु देखिएको थियो । सार्वजनिक वित्तीय प्रशासनको प्रत्येक वर्ष बेरुजु बढ्दै जानु आर्थिक पालनाको स्थिति कमजोर रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
वित्तीय स्रोत व्यवस्थापन, बजेट तर्जुमा, कार्यान्वयन लेखाङ्कन र प्रतिवेदन प्रणालीमा सुधार गर्नु आवश्यक ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । ऐन नियम अनुसार बजेट खर्च नहुनु, दबाबमा बजेट खर्च हुनु र आर्थिक अनुशासन कायम गर्न नसक्दा स्थानीय तहमा बेरुजु रकम बढ्दै गएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच