इस्लामावाद । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले इंग्ल्याण्ड विरुद्धको चौथो टी-२० खेलमा नयाँ इतिहास रच्नुभएको छ । उहाँले २२ बलमा ५ चौका र १ छक्काको मद्दतले ३६ रन बनाउनुभयो । उहाँले टी-२० अन्तर्राष्ट्रियमा चार हजार रन पूरा गर्नुभएको छ । बाबर पाकिस्तानका लागि टी-२० अन्तर्राष्ट्रियमा यो आँकडा पार गर्ने पहिलो ब्याट्सम्यान बन्नुभएको हो ।
उहाँ भारतीय क्रिकेटर विराट कोहलीको कीर्तिमान तोड्न केही इन्चमात्रै टाढा हुनुुहुन्छ । टी–२० मा विराट अहिले कोहली सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुनुहुन्छ । अहिलेसम्म चार हजार रनको आँकडा पार गर्ने एकमात्र ब्याट्सम्यान कोहली हुनुुहुन्थ्यो । अब बाबर आजम पनि यो सूचीमा पर्नुभएको छ ।
बाबरले चार हजार २३ रन बनाएका बनाउनुभएको छ भने कोहलीले चार हजार ३७ रन बनाउनुभएको छ । आजम पूर्वभारतीय कप्तानभन्दा १४ रनमात्र पछाडि हुनुुहन्छ । आजमले यसअघि भारतीय कप्तान रोहित शर्मालाई पछि पार्नुभएको थियो । शर्माले टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्म ३९७४ रन बनाउनुभएको छ । यस्तो अवस्थामा सन् २०२४ को टी-२० विश्वकपमा तीनै खेलाडीबीच रोचक प्रतिस्पर्धा देख्न सकिन्छ ।
कोहलीले अहिलेसम्म ११७ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ, १०९ इनिङ्समा ब्याटिङ गर्दै ५१.७५ को औसत र १३८.१५ को स्ट्राइक रेटमा उहाँले चार हजार ३७ रन बनाउनुभएको हो । बाबरले पनि हालसम्म ११७ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । यी खेलका ११२ इनिङ्समा ब्याटिङ गर्दै उहाँले ४१.०५ को औसत र १३०.१५ को स्ट्राइक रेटमा चार हजार २३ रन बनाउनुभएको छ ।
पाकिस्तानले गुमायो सिरिज
सन् २०२४ को टी-२० विश्वकपअघि पनि पाकिस्तानी टोलीले इंग्ल्याण्डसँगको टी-२० सिरिज २-० ले गुमाउनु परेको थियो । चौथो टी-२० खेलमा पाकिस्तानी टोली इंग्ल्याण्डसँग ७ विकेटले पराजित भएको हो । यो खेलमा पाकिस्तानका बलर र ब्याट्सम्यान नराम्ररी असफल भए । टी-२० विश्वकपअघि इंग्ल्याण्डसँगको हारले पाकिस्तानी टोलीलाई निद्राबाट ब्युँझाउने भएको छ ।
तर, यो खेलमा बाबर आजमले छोटो इनिङ्स खेल्दै विराट कोहलीको ठूलो कीर्तिमान भने तोड्नुभएको छ । इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजमा कुनै पनि पाकिस्तानी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । जसका कारण टोलीले सिरिज गुमाएको थियो । यसअघि पाकिस्तानले आयरल्याण्डसँगको टी-२० सिरिजमा पनि हार व्यहोरेको थियो ।
चौथो टी-२० खेलमा इंग्ल्याण्डका कप्तान जोस बटलरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्नुभएको थियो । यसपछि पहिले ब्याटिङ गरेको पाकिस्तानी टोली १५७ रनमा अलआउट भयो । इंग्ल्याण्डले तीन विकेट गुमाएर लक्ष्य सजिलै पूरा गर्यो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच