
काठमाडौं । पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने हुनुभएको छ । प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलंका जाँदै हुनुहुन्छ । उहाँहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
सो अवसरमा सदस्यसचिव घिसिङले नेपाल ब्याडमिन्टन संघलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘टे«निङ प्लान’ पेश गर्न निर्देशन दिँदै नेपाली प्रशिक्षकको पनि स्तरवृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससँगै प्रशिक्षकलाई पनि श्रीलंका पठाएको जानकारी दिनुभयो । ‘ओलम्पिक यात्रासम्म प्रिन्सका लागि के गर्नुपर्छ । सम्पूर्ण विवरण समेटेर ‘ट्रेनिङ प्लान’ परिषद्मा पेश गर्नु होला । परिषद्ले सक्दो सहयोग गर्नेछ’, सदस्यसचिव घिसिङले भन्नुभयो, ‘प्रिन्ससँगै प्रशिक्षकलाई पनि पठाउनुको उद्देश्य प्रशिक्षकले पनि सिक्ने अवसर प्राप्त गरुन् भन्ने हो । त्यहाँ सिकेको सिपले नेपाली खेलाडीलाई लै फाइदा पुग्ने हो ।’
प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनुहुनेछ । उहाँको प्रशिक्षण जुन २ तारिखदेखि सुरु हुनेछ । उहाँलाई इण्डोनेसियाको राष्ट्रिय टिमसमेत सम्हालिसक्नुभएका इण्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिनुहुने छ । प्रिन्स पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच