लण्डन । अल-नासरलाई पराजित गर्दै अल-हिलालले किंग्स कपको उपाधि जितेको छ । जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा शुक्रबार राती सम्पन्न खेलमा अल-हिलालले पेनाल्टी सुटआउटमा नासरलाई ५-४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटबाट गरिएको हो ।
खेलको सातौँ मिनेटमै एलेक्जान्डर मिट्रोभले गोल गर्दै हिलाललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ५६औँ मिनेटमा डेभिड ओस्पिनाले रातो कार्ड पाउँदा नासर १० खेलाडीमा सीमित भएको थियो । ८६औँ मिनेटमा हिलालका अली अल-बुलेहीले पनि रातो कार्ड पाउनुभयो । ८८औँ मिनेटमा आयमन याहृयाले गोल गर्दै नासरलाई खेलमा फर्काउनुभएको थियो ।
९०औँ मिनेटमा कालिदो कुलिबालीले दोस्रो पहेंलो कार्ड पाउँदा हिलाल नौ खेलाडीमा समेटिएको थियो । अपराजित रहँदै साउदी प्रो लिगको उपाधि जितेको हिलालले ११औँ पटक किंग्स कपको उपाधि जितेको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच