नयाँदिल्ली । भारतमा शनिबार लोकसभा निर्वाचनका लागि सातौं तथा अन्तिम चरणको मतदान सम्पन्न भएको छ । शनिबार सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान भएसँगै निर्वाचन सम्पन्न भएको हो ।
पञ्जाब र उत्तर प्रदेशका १३/१३ सिट, पश्चिम बंगालका नौ सिट, बिहारका आठ, उडिसाका ६, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटका लागि शनिबार मतदान भएको थियो । अन्तिम चरणको यो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता चुनावी मैदानमा हुनुहुन्छ । यो निर्वाचनमा कूल नौ सय चार जनाले उम्मेदवारी दिएका थिए ।
सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा २०० भन्दा बढी प्रचार कार्यक्रम आयोजना गर्नुभएको थियो । यसमा र्यालीहरू र रोड शोहरू समावेश थिए । लोकसभा चुनावअन्तर्गत यसअघि ६ चरणका मतदान भइसकेका छन् । यसअघि अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा मतदान भएका हुन् । अब मतगणना जुन ४ अर्थात् मंगलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच